घर लागलागीबाट मृत्यु भएकाको सनाखत
गजुरी (धादिङ), १९ माघ । धुषा– १ चरौँदीस्थित किशोरचन्द्र थपलियाको घरमा भएको आगलागीबाट मृत्यु भएका चार जनाकै सनाखत भएको छ ।
गए राति करिब १ बजेतिर आगलागी हुँदा ५२ वर्षीय किशोचन्द्र थपलिया, उनकी छोरी पोखरा निवासी २७ वर्षीया योजना घर्ती, योजनाका श्रीमान् २८ वर्षीय अनिलदे र उनकी छोरी तीन वर्षीया रोजेत घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
घटनामा घाइते भएकी किशोरचन्द्रकी श्रीमती अणकुमारीलाई आगाले पोलेर घाइते भएको अवस्थामा बिउँझिएर श्रीमान्लाई समेत उठाएपछि आगलागीबारे जानकारी भएको थियो । एक्कासि आगलागी भएको भन्ने जानकारी पाएपछि किशोर आफ्ना छोरी ज्वाइँ र नातिनीलाई अर्को कोठामा बोलाउन गएको तर उनले कसैलाई पनि बचाउन सकी आफ्नोसमेत मृत्यु भएको स्थानीयवासी राममणि थपलियाले बताउनुभयो । सोही घरकोे तल्लो तलामा रहेका किशोरचन्द्रका बाथरोगी बुबा रामप्रसादलाई भने सकुशल उद्धार गरिएको थियो । घटना के कारणले भएको भन्ने यकिन भएको छैन ।
मृत पुरुष भेटिए, बालक बेपत्ता
उत्तरी धादिङको रि –८ कल्सिङ खोला नजिक जङ्गलमा एक पुरुषको शव भेटिएको छ । दार्खा गाविसका श्याम तामाङको आज बिहान शव भेटिएको प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले बताउनुभयो ।
उनी तीनदिन अघिदेखि हराइरहेका थिए । उनी विसं २०६९ मङ्सिर १८ गते दार्खास्थित रातमाटेमा भीषण सिंखडाको हत्या गरेको आरोपमा फरार सूचीमा रहेका रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सिंखडा हत्यामा संलग्न भएको आरोप लागेका वीरबहादुर भनिने कैलाश तामाङ र रामबहादुर भनिने अबित तामाङलाई तीन दिनअघि रि गाविसको तावलबाट प्रहरीले पक्राउ गरेको अवस्थामा दुई दिनअघि सो स्थानबाट भागेका तामाङ मृतावस्थामा भेटिएका हुन् ।
यसैबीच नलाङ– ३ तारनलाङका शान्ति प्र्राविमा कक्षा ५ मा पढ्ने कृष्ण विक सात दिनदेखि बेपत्ता भएका छन् । घरबाट खेल्न निस्किएका १२ वर्षीय विक गाउँबाट नै हराइरहेको कृष्णका बाबु अनिलले बताउनुभयो । यही माघ १२ गते घरबाट खेल्न निस्किएका कृष्णले सेतो र निलो रङको धर्के कमिज र निलो जिन्स पाइन्ट लगाएका छन् ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया