शैक्षिक विकासमा संस्थागत विद्यालयको भूमिका अहम
जुटपानी १८ माघ
संस्थागत विद्यालयलहरुले समुदायमा गुणस्तरीय शिक्षा प्रदानका महत्पूर्ण भुमिका
खेलेको सरोकारवालाहरुले बताएका छन । पूर्वी चितवनको जुटपानीमा रहेको
सिराइचुली एफ एम ९७.३ मेगाहर्जले आज आयोजना गरेको समुदाय
विकासमा संस्थागत विद्यालयको भुमिका बिषयक अन्र्तक्रियामा बोल्दै उनीहरुले
नेपालको शैक्षिक विकासमा संस्थागत विद्यालयको अदृष्य भूमिका रहेको स्पष्ट
पारेका थिए । कार्यक्रममा सिद्धिविनायक आवसीय माध्यमिक विद्यालय जुटपानीका
प्रबन्ध निर्देशक लिला गुरुङले स्थानीय स्तरमा संस्थागत विद्याल एक जुट हुनुपर्नेमा
जोड दिए । सोही विद्यालयका प्रिन्सिपल बिष्णुमणी लामिछानेले संस्थागत
विद्यालयलका कारण देशमा रोजगारी सिर्जना भएको भन्दै राष्टियस्तरमा समेत
उत्कृष्ट नतिजा निकाल्न सकेको बताए । त्यसैगरी सगरमाथा आवसिय मावि रत्ननगरका प्रिन्सिपल गोकुल प्रसाद भट्टले संस्थागत विद्यालयले समुदायको वातावरण र स्वास्थ्य सुधारमा प्रमुख भुमिका खेलेकोे बताए । पिठुवा स्रोत केन्द्रका
स्रोतव्यक्ति रामकृष्ण लम्सालले समुदायमा सामाजिक उत्तरदायित्व वहन गर्न संस्थागत विद्यालय सफल भएको भन्दै समुदायको विकासको महत्वपुर्ण कडि संस्थागत विद्यालय भएकोे बताए । एफएमका अध्यक्ष विशाल आले मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा मुनलाइट स्कुलकी शान्ति गुरुड र पिस भिजन आवसीय माध्यमिक विद्यालयका यमप्रसाद काफ्ले,अर्विट वोडिङ स्कुलका प्रिन्सिपल भिमराज कडेल, न्यु सगरमाथा इ मिडियम स्कुलका प्रिन्सिपल इश्वर तिवारी लगायतले आ–आफनो धारण राखेका थिए ।
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४७ हजार संक्रमित,१७५८ जनाको मृत्यु
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
प्रतिक्रिया