नवलपरासीका दुई ठाउँमा धारिलो हरियार प्रयोग गरी दुईको हत्या
इनेप्लिज
२०७१ माघ १८ गते १२:११ मा प्रकाशित
कावासोती, १८ माघ । नवलपरासीका दुई छुट्टाछुट्टै ठाउँमा धारिलो हतियार प्रयोग गरी दुई जनाको हत्या भएको छ ।
कुमारवर्ती–४ का अन्दाजी २८ वर्षीय दीपेन्द्र पाण्डेको हत्या गरिएको अवस्थामा चालिस किलोमिटर उत्तरतर्फको जङ्गलमा शव भेटिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । कावासोतीमा होटल व्यवसाय गर्दै आएका पाण्डे शनिवार बेलुकादेखि परिवारको सम्पर्कमा नरहेको बताइएको छ ।
त्यस्तै, आजै बञ्जरियामा बन्चरो प्रहार गरी एक जनाको हत्या भएको छ । बञ्जरिया–५ का ४५ वर्षीय वैजनाथ चौधरीको बञ्चरो प्रहार गरी हत्या भएको हो । चौधरीलाई आफ्नै छिमेकी ४० वर्षीय लीला चौधरीले बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
व्यक्तिगत रिसइवीका कारण चौधरीको हत्या भएको प्रहरीले बताएको छ । हत्या गर्ने चौधरी भने फरार रहेका छन् ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया