एक हुल मान्छेहरु
बन्दुक बोकेर आए
र झ्याप्प झुप्प बत्ति निभाए
अनि झोपडीमा बत्ति बाल्ने कुरा गरे l
फेरी एक हुल मान्छेहरु आए
र बुद्धलाई अँध्यारो कोठामा थुने
र शान्ति ल्याउने कुरा गरे l
जर्जर चट्टान र सुक्खा धर्ति
उर्वर बनाउने कुरा गरे
सुन फलाउने कुरा गरे
घुन जलाउने कुरा गरे
उबाद -खाबड चट्टानहरु
सम्याउने कुरा गरे
सास भर्ने कुरा गरे
आश छर्ने कुरा गरे
धेरै बर्ष भो
ती मान्छेहरु
बन्दुक बोकेर टाडा गए
कतै गए र बिलिन भए
बत्ति निभेको निभै भयो
झोपडी
अँध्यारोको अँध्यारै रह्यो
धेरै भो
अँध्यारो कोठा भित्र किकर्तब्य बिमुढ़
त्यहि घायल बुद्ध संग
म झोक्रि रहे
राती फुल्ने फूलहरु कविता संग्रहबाट लिईएको
प्रतिक्रिया