आगलागीमा बाह्र लाखको क्षति

इनेप्लिज २०७१ माघ १४ गते ८:२८ मा प्रकाशित

aagoइनरुवा, १४ माघ । सुनसरीको सत्तेरझोरा गाविस–६ मा मङ्गलबार मध्यरातमा आगलागी हुदाँ १२ लाखको क्षति भएको छ ।

सत्तेरझोरा–६ निवासी यादवको घरमा आगलागी हुँदा १२ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यादवले चिसोको बेला न्यानो हुनका लागि सल्काएको घुरबाट सल्केको आगोले यादवको एउटा फुसको घर जलेर नष्ट भएको छ भने घरमा रहेका तीन गाई, तीन गोरु, १५ वटा बाख्रा, ३५ क्युफिट काठ, लत्ताकपडा, धान, चामललगायत सामग्री जलेर नष्ट भएको सुनसरीका प्रहरी उपरीक्षक मसउदआलम खाँले जानकारी दिनुभयो ।

आगोलाई स्थानीयवासी, इनरुवा नगरपालिकाको दमकल र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएको प्रहरी टोलीले एक घन्टा लगाएर नियन्त्रणमा लिएको थियो । घरमा आगलागी भएपछि यादवको एउटा मात्र फुसको घर भएका कारण यादव अहिले घरवारविहीन भएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया