एमाओवादीका सभासद् कुनै पनि संसदीय समितिमा उपस्थित नहुने
काठमाडौँ, १४ माघ । एकीकृत नेकपा माओवादीले आफ्ना सभासद् कुनै पनि संसदीय समितिमा उपस्थित नहुने निर्णय गरेको छ ।
सो पार्टीको आज सिंहदरबार संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा अहिलेको परिस्थितिका बारेमा समीक्षा हुनुका साथै सत्तापक्ष दल, सरकार र सभामुखलाई असहयोग गर्ने नीतिअनुरुप कुनै पनि संसदीय समितिमा उपस्थित नहुने निर्णय गरेको हो ।
एमाओवादीले थालेको आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउन सबै सभासद् आ–आफ्नो क्षेत्रका जनतामा जाने र संधिवानसभा भएका गतिविधिका बारेमा सत्ता पक्षले फैलाएका भ्रम चिर्ने निर्णय भएको एमाओवादी नेता अग्निप्रसाद सापकोटाले बताउनुभयो ।
बैठकले संविधानसभाका समेत कुनै पनि समितिमा उपस्थित नहुने निर्णय गर्दै तत्काल फागुन १६ गतेसम्म काठमाडौँमा हुने जनप्रदर्शनको कार्यक्रम भए पनि सरकारी रबैया हेरेर थप आन्दोलन घोषणा हुने निर्णय गरेको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया