यस नेपाली जनसम्पर्क समिती अमेरिका भर्जिनिया च्याप्टर कार्यसमिती सदस्य श्री बिष्णुहरि भण्डारीको हालै भएको असामयिक एबम अप्रत्यासित निधन प्रती शोक ब्यक्त गर्दै समवेदना सहित् श्रद्धान्जली ब्यक्त गर्न निम्नानुसारको श्रद्धान्जली एवम शोक सभा आयोजना गरिएको हुँदा डिसी मेट्रोक्षेत्रमा कार्य्ररत नेपाली संघ संस्थाका पदाधिकारी विद्यार्थी, सन्चारकर्मी, समाजसेवी, कलाकार, साहित्यकार लगायत सम्पूर्ण जनसमुदायमा उपस्थितिको लागि हार्दिक अपिल गर्दछौं ।
संकटको घडी मा स्वर्गिय भण्डारी कि श्रीमती,साना नानीहरु र शोक सन्तप्त परिवार तथा आफन्तजन प्रती भाबनात्मक ऐक्यबदधत्ता जाहेर गरी समवेदना प्रकट गर्नु हुने र यथासक्य आर्थिक सहयोग पुर्याउनु हुने सम्पूर्ण दिदिबहिनी तथा दाजुभाइ हरुमा यो च्याप्टर हार्दिक आभार प्रकट गर्दछ ।
साथै आर्थिक सहयोग गर्न चाहनु हुने ब्यक्ती तथा संघ संस्था हरुले सो अवसर मा उपस्थित भै आ-आफ्नो तर्फबाट स्वर्गिय भण्डारीको परिवारलाई सहयोग हस्तान्तरण गरि दिनु हुन समेत अनुरोध छ ।
थप जानकारीको लागि यस च्याप्टर परिवारका साथै भण्डारी परिवारका निकट्तम ब्यक्तित्वहरुसँग संपर्क गर्नु हुन पनि अनुरोध छ ।
When :February 1 ,2015 ,Sunday
Time : 4:00PM -6:00PM
Venue :
Veterans Memorial Park,
14300 Featherstone RD
Woodbridge VA 22191
प्रतिक्रिया