निर्वाचन बहिष्कार गर्ने दलसँग नमिल्न आग्रह
इनेप्लिज
२०७१ माघ १३ गते १६:१५ मा प्रकाशित
विराटनगर, १३ माघ । डा मीनेन्द्र रिजालले जनताको अभिमतको कदर गर्दै संविधान बनाउनु नै अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
उहाँले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दैै एकीकृत नेकपा माओवादी एवं मधेसकेन्द्रितलगायत दलले प्रक्रियामा सहमति कायम गरेमा छिटो संविधान बन्ने स्पष्ट पार्नुभयो ।
सूचना तथा सञ्चारमन्त्री डा रिजालले एमाओवादीलाई सहमतिमा ल्याइने प्रयास अन्तिम समयसम्म जारी रहने बताउँदै संविधानसभा चुनावको बहिष्कार गर्ने दलसँग आन्दोलन गरेर जनताको अभिमत नलत्याउन र बाह्रबुँदे समझदारीदेखिको सहयात्रा नत्याग्न एमाओवादीसँग आग्रह गर्नुभयो ।
मन्त्री रिजालले एमाओवादीलगायत दललाई जनताको सार्वभौमसत्तामा विश्वास गर्न आग्रह गर्दैै प्रधानमन्त्रीले एमाओवादीलगायत दलसँग सहमति गर्ने र प्रक्रियाबाट भए पनि संविधान जारी हुने जानकारी दिनुभयो ।
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
अमेरिकी इतिहासमा जेनेट एलेन बनिन प्रथम महिला -अर्थ सचिव
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
रिपब्लिकनका रोम्निले ट्रम्पलाई सत्यता र न्यायको लागि महाअभियोग परीक्षण हुनु पर्नेमा जोड
प्रतिक्रिया