बालिका बलात्कारीलाई २० वर्ष कैद
इलाम, १३ माघ । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका चिसापानीका एक युवकलाई आज जिल्ला अदालत इलामले २० वर्ष कैद सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले चिसापानी–५ का जङ्गे भनिने बुद्धकुमार सेञ्चुरीलाई मुलुकी ऐन जबर्जस्ती महलको १ र २ नं बमोजिम कसुर गरेको ठहर गर्दै सोही महलको ३ ९२० बमोजिम १० वर्ष कैद र मुलुकी ऐन हाडानाता करणीसम्बन्धी १ बमोजिम थप १० वर्ष कैद सजाय सुनाएको हो ।
यसैगरी पीडितलाई रु २० हजार क्षतिपूर्ति भराइदिनेसमेत फैसला सुनाइएको छ । सेञ्चुरीले आफ्नै नाता पर्ने बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै गत जेठ १० गते जिल्ला प्रहरी कार्यालय इलाममा किटानी जाहेरी परेको थियो ।
यसैबीच विद्युत् उपभोक्ताबाट महसुल उठाएर ठगी आरोपमा पक्राउ परेका चिसापानी–७ का टङ्कमणि लुइँटेललाई जिल्ला अदालतले छ महिना कैद र रु एक लाख ४८ हजार ८८५ जरिवानासहितको फैसला सुनाएको छ ।
प्रतिवादी राम कार्कीलगायत उपभोक्ताका तर्फबाट माग दाबी भएबमोजिम लुइँटेललाई मुलुकी ऐन ठगी महलको १ र २ नं बमोजिम कसुर पुष्टि गरेकाले कैद र जरिवानासहितको फैसला सुनाइएको अदालतका तहसिलदार अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरण इलाममा मिटर रिडरका रुपमा कार्यरत लुइँटेलले उपभोक्ताबाट महसुल लिए पनि प्राधिकरणमा नतिर्ने गरेको पाइएकाले प्रहरीले एक महिनाअघि पक्राउ गरी ठगी मुद्दा दायर गरेको थियो ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
विश्वराज बास्तोला वोर्ड सदस्य मनोनयन
भर्जिनियाको एक व्यायामशालामा पुरुषले छतबाट महिलाको लुगा फेर्ने कक्षमा चियाउदा १९ वटा अभियोगमा पक्राउ
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ७० हजार ३ सय संक्रमित ,२१ करोड १५ लाखलाई कम्तिमा प्रथम खोप
प्रतिक्रिया