तीन नेपालीको शव खाडीमा अलपत्र

इनेप्लिज २०७१ माघ १३ गते ९:०७ मा प्रकाशित

death_20141022044736कावासोती, १३ माघ । खाडी मुलुकमा रोजगारीका लागि गएका तीन युवकको शव अलपत्र परेको छ ।

एक हप्ताको अवधिमा तीन युवकको विदेशी भूमिमा मृत्यु भएको हो । उनीहरूको शव नेपाल ल्याउन मृतकका आफन्तजन सूचना केन्द्र धाइरहेका छन्  ।

डेढ वर्षअघि मलेसिया पुगेका तम्सरिया—५ का ४४ वर्षीय झिन्का  थारुको यही माघ ४ मृत्यु भएको खबर आएपछि शव ल्याउन लागिपरेको मृतकका आफन्त युगनारायण थारुले बताउनुभयो । मलेसियामै काम गरिरहेका कोल्हुवा–३ का ३२ वर्षीय पूर्णबहादुर विकको दुर्घटनामा परेर ज्यान गएको छ । यही माघ १० गते दुर्घटनामा परेर मृत्यु भएको खबर घरमा आएको हो । अवैधानिकरुपमा काम गरिरहेका विकलाई घर फिर्ता ल्याउन सुरक्षित आप्रवासन परामर्श तथा सूचना केन्द्र कावासोतीमार्फत पहल भइरहेको अवस्थामा उहाँको दुर्घटनामा मृत्यु भएको खबर आएपछि परिवार पूरै शोकमा छ ।

वैदेशिक रोजगारमा  जानेको अचानक मृत्यु भएको खबर लिएर आफन्तजन सूचना केन्द्र आउने गरेको केन्द्रकी पराशर्मदाता रञ्जना लम्सालले जानकारी दिनुभयो । साउदी अरब, कतार र मलेसियामा जाने ४० वर्षमुनिका युवकहरूको मृत्यु बढी हुने गरेको छ । त्यस्तै, पटना–८ कपिलबस्तुका हरिबहादुर चौधरीको साउदीमा मृत्यु भएको खबर आएको छ । उहाँको माघ २ गते मृत्यु भएको हो । नौ महिनाको अवधिमा १८ जनाको शव नेपाल ल्याउन सूचना केन्द्रले पहल गरेको परामर्शदाता लम्सालले बताउनुभयो । यसरी अलपत्र भएका शवलाई प्रवासी नेपाली समन्वय समिति, सामी हेल्भेटास र दूतावासको सहयोगमा ल्याउन लागिएको हो ।

प्रतिक्रिया