गोरखामा सय नं मा फोन गरेर प्रहरीलाई जिस्क्याउनेहरु पक्राउ
गोरखाबजार, १३ माघ । साँझदेखि रातभर दिनहुँजसो १०० नम्बरमा फोन गरेर प्रहरीलाई जिस्क्याउने, झुठा सूचना दिएर हैरान बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले चारजनालाई पक्राउ गरेको छ ।
गोरखाका दुईजना, छिमेकी जिल्ला लम्जुङ र धादिङका एक/एकजना गरी चारजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक रेशमलाल रेग्मीले जानकारी दिनुभयो ।
सय नम्बरमा मोबाइल वा फोन सेटबाट फोन गर्दा पैसा नलाग्ने भएकाले उनीहरुले बारम्बार लगातार फोन गरेर पुलिस जिस्क्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ ।
प्रहरीले पुलिस जिस्क्याएको आरोपमा गोरखा नगरपालिका–४ की सङ्गीता उपरकोटी, केराबारी गाविसका सुकबहादुर विश्वकर्मा, लम्जुङ गैँडा गाविसका कुमार विश्वकर्मा तथा धादिङ धुवाँकोट गाविसकी रीता लामालाई पक्राउ गरेको जनाएको छ । १०० नम्बरमा फोन गरेर जिस्क्याउने, झुठा सूचना दिने अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुमध्ये अधिकांशले एनसेल मोबाइल सेवा प्रदायक कम्पनीको सिम बोकेको प्रहरीले जनाएको छ । गत एक वर्षअघिदेखि जिल्ला प्रहरी कार्यालय गोरखामा रहेको आकस्मिक फोन सेवामा जिस्क्याउने, झुठा सूचना दिने फोन आउन थालेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
पक्राउ परेका उनीहरुलाई अनुसन्धान गरेर अबदेखि यस्तो नगर्ने सर्तमा छाड्ने तयारी प्रहरीले गरेको छ । “गल्ती नदोहो¥याउने सर्तमा छाड्छौँ”, प्रहरी निरीक्षक रेग्मीले भन्नुभयो ।
हाल सम्म अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना आवेदन (मिति २०२१ फेब्रुअरी २८ को पुर्बिय समय २३:५९ सम्म अध्यावधिक गरि सक्नुपर्नेछ)
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
अमेरिकाका पूर्व जिम्नास्टिक्स प्रशिक्षक जोन गेडर्ट मानव बेचबिखन र यौन अपराधको आरोप लागेपछि मृत भेटिए
सिनेटद्वारा मिसिगनकी पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जा सचिवमा अनुमोदन
प्रतिक्रिया