राधाकृष्ण देउजाको नेतृत्वमा प्रवासी नेपाली मन्च न्युयोर्क कमिटीको गठन

इनेप्लिज २०७१ माघ १२ गते १७:५७ मा प्रकाशित

unnamed (1)

न्युयोर्क, प्रवासी नेपाली मन्च अमेरिकाको न्युयोर्क राज्य कमिटीको अध्यक्षमा राधाकृष्ण देउजा चयन हुनुभएको छ । गत बर्ष देखि अमेरिकामा स्थापना भएको मन्चको आईतबार न्युयोर्कमा भएको भेलाले देउजाको नेतृत्वमा न्युयोर्क राज्य कमिटीको निर्माण गरेको हो । प्रवासी नेपाली मन्च अमेरिकाका अध्यक्ष सन्जय थापाको प्रमुख आतिथ्य र एनआरएन अमेरिकाका अध्यक्ष खग्रेन्द्र क्षेत्रीको बिषेश आतिथ्यतामा सम्पन्न भएको भेलामा अमेरिकाको बिभिन्न राज्यबाट प्रवासी नेपाली मन्चका कार्यकताहरु न्युयोर्क आईपुगेका थिए ।

दुई चरणमा सम्पन्न भएको भेलाले राधाकृष्ण देउजाको अध्यक्षतामा १२ सदस्यीय कमिटीको निर्माण गरेको हो । सहमतीमा चयन भएको कमिटीको उपाध्यक्षमा अच्युत सिग्देल, सचिवमा अशोक कार्की, सह सचिबमा कृष्ण आचार्य, कोषाध्यक्षमा बिनोद पोखरेल रहनुभएको छ भने सदस्यहरुमा सोमेन्द्र रन्जीत, अर्जुन सिंह, जयराम खड्का, दिपक भट्टराई, सुनिता शर्मा, अमृत श्रेष्ठ र श्याम लामा रहनुभएको छ । काभ्रे स्थायी घर भएका नब निर्बाचित अध्यक्ष देउजा नेपालमा रहंदा अनेरास्वीयुको राजनीतिमा सकृय रहनुभएको थियो । हाल न्युयोर्कमा रहेर सुरक्षा बिषयमा अध्ययन गर्दै गरेका देउजाले आफुहरु अब न्युयोर्कमा रहेका अन्य नेपाली संघ संस्थासंग मिलेर नेपाली समुदायको हित र नेपालको परिर्बतनका पक्षमा आवाज उठाउने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी सन्जय थापाले प्रवासी नेपाली मन्चमा नेपालमा रहंदा एमालेमा काम गरेका साथीहरुको बाहुल्यता रहे पनि आफुहरु एमालेको भातृसंगठन नभई सामाजिक संस्था भएको बताउनुभयो । अध्यक्ष थापाले आफुहरु सामाजिक संस्था भए पनि नेपालको परिबर्तन र नेपालीहरुको हितका लागि सदैब लागि रहने बताउदै प्रवासी नेपाली मन्च नेपालमा जायित राज्य हुनुहुदैन भन्ने कुरामा अडिग रहेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै बिषेश अतिथी एनआरएन अमेरिकाका अध्यक्ष खग्रेन्द्र क्षेत्रीले सबैलाई एनआरएनको सदस्यता लिन आग्रह गर्नुहुदै एनआरएन अमेरिका सबै संघ संस्थासंग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

unnamed

प्रतिक्रिया