वार्ता र सहमतिमा आउनुस्: उपाध्यक्ष रावल

इनेप्लिज २०७१ माघ १२ गते १६:२८ मा प्रकाशित

bhim-rawalभक्तपुर, १२ माघ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सहमतिबाटै संविधान निर्माण गर्न विपक्षी दलहरुलाई वार्तामा आउन आग्रह गर्नुभएको छ ।

रफत् सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा बोल्दै उहाँले सत्ता पक्ष दुई तिहाई बहुमत लिएर प्रक्रियामै अगाडि बढे पनि अझै सहमति गर्न सकिने बताउनुभएको हो ।

तीन चार दलका शीर्ष नेताहरु मात्र मिलेर सहमतिमा सविधान बनाउने भए ६०१ जना सभासद्को आवश्यकता नपर्ने टिप्पणी गर्दै उहाँले सहमति भन्ने तर लामो समय बित्दा पनि सहमति नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्दछ भन्नुुभयो ।

एमाओवादी–मधेसवादी दलहरुले सहमति भन्ने तर सहमति भने नगर्ने गरेपछि उनीहरुले देशलाई संविधान नै नदिई अनिर्णयको बन्दी बनाउन चाहेका हुन् कि भन्ने आशङ्का उब्जाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया