समझदारीका लागि प्रयास जारी रहने: नेता नेपाल

इनेप्लिज २०७१ माघ १२ गते १०:२६ मा प्रकाशित

madav-nepalकाठमाडौँ, १२ माघ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एनेकपा माओवादीसहितका विपक्षी मोर्चासँग समझदारीका लागि प्रयास जारी रहने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित अन्तर–संवाद कार्यक्रममा उहाँले संविधान निर्माणका सम्बन्धमा दलहरुबीच बढेको दूरी कम गर्दै समझदारीको वातावरण तयार गर्न आफूहरु तयार रहेको उल्लेख गर्नु भयो ।

सत्तापक्ष र विपक्षी दलहरुबीच दूरी बढिरहेका अवस्थामा केही समयदेखि समन्वयकारी भूमिका खेलिरहेका नेता नेपालसँग एनेकपा माओवादीका अध्यक्ष दाहालसँग केही दिन अघिसँगै चलचित्र हेरेको भन्ने पत्रकारको जिज्ञासामा बद्दो दलहरुबीचको दूरीसँग जोड्दै उहाँले भन्नुभयो –“फेरि दाहालजीसँग चलचित्र हेर्न जान्छु । बरु कुनै माया प्रेमबारे चलचित्र भए सुझाव दिनुहोस् जहाँ पहिले प्रेम छुटिएको होस् र पछि मिलन होस् ।”

नेपालले मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले प्रस्तुत गरेको प्रस्ताव सहमतिको महत्वपूर्ण बिन्दु हुनसक्ने जानकारी गराउँदै भन्नुभयो – “उहाँकोे प्रस्ताव निकै राम्रोे थियो । मैले यस्तै प्रस्ताव केही समय अघि पनि गरेको थिएँ ।”

प्रतिक्रिया