अमेरिकाको ह्युस्टनमा श्री बसन्त पन्चमी मनाइयो
ह्युस्टन, टेक्सास | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ह्युस्टन च्याप्टरलको आयोजनामा बसन्त पन्चमीको सुअवसर पारेर हुस्टन टेक्सासमा सरस्वती माताको पूजा सम्पन्न गरियो | कार्यक्रममा अनेसास द्वारा संचालित बाल बिकास पाठशालाका विद्यार्थी, अभिभावक र साहित्यप्रेमी महानुभाब हरुको बाक्लो उपस्थिति रहेको थियो | सो कार्यक्रको सभापतित्व समाजका संस्थापक अध्य्क्ष श्रीमती गंगा लिगलले गर्नु भएको थियो|
अनेसास ह्युस्टन च्याप्टरले टेक्सास राज्यको हुस्टन बासी नेपाली बालबालिकाहरुलाई नेपाली भाषा पठनपाठन गराउने उद्येश्यले २ बर्ष अगाडी बाल बिकास पाठशालाको स्थापना गरेको थियो| नेपाली भाषा कक्षा र नेपाली पर्बहरुमा गरिने कार्यक्रमहरुले विदेशमा रहेका नेपाली भाबी सन्ततिहरु माँझ नेपाली मन र पन को ब्यबहारिक भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने बासु पौडेलले बताउनु भयो| यस कर्यक्रममा श्री कमल मणी पन्थीले सरस्वती पुजाको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो भने ज्योति कृष्ण श्रेष्ठले शुभकामना मन्तब्य दिनुभएको थियो । कार्यक्रममा उषा पंथी र सतिश त्रिपाठीले कविता तथा गजल बाचन गर्नु भएको थियो |
बाल विकाश पाठशालाका बिद्यार्थीहरुको सरस्वती बन्धनाबाट शुरु भएको कार्यक्रमको सन्चालन बासु पौडेलले गरेका थिए| कार्यक्रमको अन्त्यमा अध्यक्ष गंगा लिगलले नेपाली भाषा साहित्य तथा संस्कृतिको संरक्षण गर्न प्रबासी नेपालिहारुको पनि महत्वपुर्ण भूमिका रहेको मन्तब्य दिनु हुदै कार्यक्रम बिसर्जन गरिएको थियो | कार्यक्रममा सहभागीहरुलाई सरस्वती पूजाको प्रसादले बिदाई गरियो|
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
भर्जिनियाको सडक दुर्घटनामा एक नेपालीको दुखद निधन
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया