बल्ड डोनर्स अफ अमेरिकाका २०१४ का सामाजिक नायकहरु
माघ ११ ,डिसी
विजय थापा
गत जनवरी १८ तारिख बल्ड डोनर्स अफ अमेरिकाको प्रथम साधारण सभा दूर संचार प्रणालीको माध्यमबाट सफलता पूर्वक सम्पन्न भयो l
उक्त ऐतिहासिक बैठकमा पचास भन्दा ज्यादा बिभिन्न राज्यहरुका संयोजक ,समिति प्रमुख ,सल्लाहकार ,आजीवन सदस्य तथा साधारण सदस्यहरुको उपस्थिति रहेको थियो भने उक्त बैठकको सभापतित्व फ्लोरिडा बिडीएका संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली ब्लड डोनर्सका उप सभापति अजय सत्यालले गर्नु भएको थियो l
उक्त बैठकमा बल्ड डोनर्स अफ अमेरिकाका सभापति डा लिला बहादुर कार्कीले बार्षिक प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिबेदन कोषाधक्ष्य संगीता डंगोलले गर्नु भएको थियो l
यसै गरि बिभिन्न राज्यहरुका संयोजकहरुले प्रगती विवरण ,दिर्घकालिन योजना तथा समस्याहरुका बारेमा अवगत गराईएका थिए भने अन्य समितिका सभापतिहरुले पनि आफ्ना गतिबिधि तथा क्रियाकलाब बारेमा जानकारी गराएका थिए l
ब्लड डोनर्स अफ अमेरिकाले ४८ वटा राज्यहरुमा संयोजकहरु बनाई सकेको छ भने प्रत्येक महिना संघीय ,क्षेत्रीय तथा राज्य स्तर का नेपाली संघ तथा संस्थाहरु तथा विश्व बिद्यालयका नेपाली बिद्यार्थी संगठनहरु संगको सहयोगमा रक्तदान गर्दै आएको अवगत गराईएको छ l
सभापति डा कार्कीले कार्यकारी समितिको सिफारिसमा संस्था प्रति समर्पित तथा उल्लेखनीय योगदान पुर्याउनु हुने व्यक्तिहरुलाई २०१४ का सामाजिक नायक द्वारा सम्मान गरिएको जानकारी गराउनु भएको छ l
२०१४ का सामाजिक नायकहरुमा फ्लोरिडा राज्यका संयोजक अजय सत्याल ,अलाबामा राज्यका संयोजक सन्तोष पोखरेल,टेक्सास राज्यका संयोजक बासु श्रेष्ठ , क्यालिफोर्निया राज्यका संयोजक ईस्वर सापकोटा , न्युयोर्क राज्यका संयोजक निमा शेर्पा ,म्यासचुटेस राज्यका संयोजक महेश्वर पन्त ,बिडीए कविता प्रतियोगिताका संयोजक राधा पौडेल ,रेशम जिटी ,बिडीए टेक्सासका सदस्य तथा लाब्बक क्षेत्रका संयोजक ,डा नन्द प्रकाश जोशी ,बिडीए निबन्ध प्रतियोगिता संयोजक समिति ,र सूचना प्रबिधि तथा बिडीए सह-सचिब मनिष शाक्यलाई सम्मान गरिएको छ l
बल्ड डोनर्स अफ अमेरिकाका सल्लाहकार डा गोपी उप्रेतीले रक्तदान गतिबिधि सामूदायिक सेवा मार्फत अमेरिकामा पनि नेपालीको पहिचान उच्च बनाउने सबै सहभागीहरुलाई धन्यबाद दिनु भयो l
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया