तीन महिनाभित्र संविधानको मस्यौदा जारी हुने: नेता महत
त्रिशूली (नुवाकोट), १० माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले आगामी तीन महिनाभित्र संविधानको मस्यौदा जारी हुने दाबी गर्नुभएको छ ।
बागमती अञ्चलस्तरीय गिरिजाप्रसाद कोइराला स्मृति फुटबल प्रतियोगिताको आज त्रिशूलीमा उद्घाटन गर्दै डा महतले एमाओवादी र मधेसवादी दलका कारण तोकिएको समयमा जनताले नयाँ संविधान पाउन नसकेको र अबको तीन महिनाभित्रमा संविधान जारी हुने छ भन्नुभयो ।
उहाँले नेपाली काँग्रेस, नेकपा एमालेलगायत राजनीतिक दलहरु र एमाओवादीको मोर्चाबीच ठूलो मतान्तर नभएपनि विवादित विषयलाई टुङ्ग्याउने पक्षमा एमाओवादी नलागेको आरोप लगाउनुभयो ।
उहाँले खेलबाटै मानिसको सामाजिक, आर्थिक, मानसिक, बौद्धिक विकास हुने भएका कारण अब खेल क्षेत्र सबैको रुची तथा महत्वको विषय भएको बताउनुभयो ।
प्रतियोगितामा बाग्मती अञ्चलका रसुवा, नुवाकोट, धादिङ, काभ्रेका गरी १० टोलीको सहभागिता छ । प्रतियोगिता माघ १९ गतेसम्म जारी रहने आयोजक टाइगर युवा क्लबले जनाएको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया