स्वास्थ्य मन्त्री अधिकारीबाट अतिथि गृह उद्घाटन
इटहरी, १० माघ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यक भौतिक पूर्वाधारयुक्त बनाउने क्रममा अतिथि गृहको निर्माण गरिएको छ ।
झन्डै रु छ करोडको लागतमा सो अतिथि गृह भवनको निर्माण गरिएको आज यहाँ आयोजित समारोहमा जानकारी दिइयो । अतिथि गृहमा स्नान कक्षसहितको २९ वटा कोठा रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले आज सो अतिथि गृहको उद्घाटन गर्दै नेपालकै सबैभन्दा ठूलो चिकित्सा विज्ञानका रुपमा विकास भइरहेको प्रतिष्ठानमा उपचार गर्न आउने मानिसको आफन्तलाई सुरक्षित बसोवासका लागि यो अतिथि गृहबाट निकै सुविधा पुग्ने बताउनुभयो ।
प्रतिष्ठानका सहकुलपति समेत रहनुभएका मन्त्री अधिकारीले नेपाल र भारतबीचको असल मित्रताको प्रतीकको रुपमा प्रतिष्ठान रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा डा बलभद्रप्रसाद दासले प्रतिष्ठानको वर्तमान अवस्था तथा अतिथि गृह निर्माणका बारेमा प्रकाश पार्नुभएको थियो ।
यही माघ ११ गते प्रतिष्ठानको ११औं दीक्षान्त समारोहको आयोजना हुँदैछ ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
भर्जिनियाको सडक दुर्घटनामा एक नेपालीको दुखद निधन
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया