शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०९:५६
वासिङटन डिसी 23:11

गजल – फतक्क थकाइदिने रातैमा तिमीले

इनेप्लिज २०७१ माघ १० गते १:०७ मा प्रकाशित

RakeshKarki

 

सधैँ सधैँ भुलाउने बातैमा तिमीले
जानी जानी छोइदिने हातैमा तिमीले

सँगै सँगै हिँडदा पानी परे सिमसिम
नजिक नजिक टसाउने छातैमा तिमीले

कहिले माया पिएर कहिले पिलाएर
डुबाउने त्यो हेराइको मातैमा तिमीले

घरी घरी आवेगमा माया बटुलेर
लुकाउने अँगालोको तातैमा तिमीले

घुमाउने ल रमाउने हँसाउने दिनैमा
फतक्क थकाइदिने रातैमा तिमीले

प्रतिक्रिया