काठमाडौँ, ९ माघ । संविधानसभाको दिउँसो १ बजेका लागि तय गरिएको आजको बैठक अहिलेसम्म पनि बस्न सकेको छैन ।
बैठकमा संविधान निर्माण प्रक्रिया अगाडि बढाउनका लागि प्रश्नावली गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
गत मङ्गलबारदेखि उक्त प्रस्ताव पेस गर्ने प्रयास भए पनि विपक्षी दलको निरन्तर अवरोधका कारण सफल हुन सकेको छैन ।
माघ ८ मा दलहरुकै विवादका कारण संविधान जारी हुन नसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकारमा रहेका दल र विपक्षी दलले आन्तरिक छलफलसमेत गरेका छन् ।
निरन्तरको विपक्षी अवरोधपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा सत्तारुढ दल आन्तरिक छलफलमा जुटेका छन् ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले पनि बैठक कसरी अगाडि बढाउने भन्ने विषयमा परामर्श गरिरहनुभएको छ ।
हालसम्म दलहरुबीच संवाद अगाडि बढ्न सकेको छैन । संविधानसभा भवन नयाँ बानेश्वरमा सुरक्षा जाँच कडा बनाइएको छ ।
प्रतिक्रिया