जनता आँफै न्याय दिन्छन् ,पन्चभेला डाकेर
दोसारोपण मात्रै गर्ने ,रैछन् नेता ती तमाम
देश विदेश घुम्दै ठीक भो ,रहुन्जेल समय
एक दिन अघि नाटक गरि ,हानाहान र तानातान!
पानीमाथी ओभानो ,कोही छैन भो अब
चिल्ला कुरा अति भए ,एउटै ड्याडका मुला सब
देशको ढुकुटी रित्याई ,अझै खोज्दछौ सम्मान?
औंठाछाप विद्धन धेरै ,के थाहा हो संविधान ?
जागिर हैन राजनीति ,समाजसेवा सोचेनन्
भित्रभित्रै मिलीजुली ,नियत असल बोकेनन्
आसेपासे र ढोकेले ,ढिकुटी त्यो गरे तमाम
जनता बरा कुर्या कुर्यै ,आउला नि संविधान !
प्रतिक्रिया