नेजाले एनआरएन अमेरिकाको निर्वाचन बारेमा अन्तर्कृया कार्यक्रम गर्ने

इनेप्लिज २०७१ माघ ८ गते १६:३६ मा प्रकाशित

न्यूयोर्क/ समुदायमा आधारित विभिन्न रचनात्मक कार्यहरुलाई टेवा पुरयाउँदै आएको र अमेरिकामा एक सशक्त संस्थाको रूपमा स्थापित भएको नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाले आसन्न एनआरएन अमेरिकाको निर्वाचन, सदस्यता वितरण तथा भावी नेतृत्वको बारेमा न्यूयोर्कमा एक भव्य अन्र्तक्रिया कार्यक्रम गर्ने भएको भएको छ । नेजाका महासचिव भोला आचार्यले एक सूचना प्रकाशित गर्दै अमेरिकामा नेपाली समुदायको सशक्त संस्थाको रूपमा स्थापित हुन सफल भएको (गैर आवासीय सङ्घ अमेरिका), एनआरएन अमेरिकाका पदाधिकारीहरुसँग समसमयिक विषय, संस्थाको भए गरेका प्रगति, सदस्यताको वितरण तथा भावी दिनमा यसको महत्वको बारेमा एक वृहद अन्तक्रिया कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएका छन् ।

अमेरिका तथा क्यानाडामा समेत पत्रकारहरुको साझा संस्थाको रूपमा स्थापित नेजाले गत वर्ष पनि निर्वाचनको पूर्व सन्ध्यामा उमेदवारका प्रत्यासीहरु, निर्वाचन समितिका पदाधिकारीहरू तथा समुदायका प्रतिनिधिहरूको समेत सहभागितामा भव्य अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । यस पटक पनि विभिन्न रचनात्मक कार्यक्रमका साथ सम्पूर्ण अमेरिका भरि एकै साथ विभिन्न कार्यक्रम गर्न लागेको नेजाले प्रारम्भमा न्यूयोर्कवाट एनआरएन अमेरिकाको नेतृत्वले अहिलेसम्मको अवस्थामा गरेको कार्ययोजना तथा भावि नेतृत्वको विषयमा छलफल गर्न लागेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थितिको लागि नेजाले अमेरिकामा बसेर विभिन्न पेसा, व्यवसायमा रहनुभएका तथा विभिन्न सङ्घ संस्थामा आवद्ध हुनु भएका सम्पूर्ण नेपाली लाई आमन्त्रण गरेको छ ।

कार्यक्रम आगामी फेवु्रअरी ८ तारिखको दिन न्यूयोर्कमा हुने छ । दिउँसो २ बजे स्थानीय शेर्पा किदुग हलमा राखिएको कार्यक्रममा नेजाको तर्फबाट मेशिन रिडएवल पासपोर्ट एमआरपी लीनका लागि सहयोग पुग्ने डेस्कको समेत व्यवस्था गर्ने भएको छ ।

प्रतिक्रिया