सरकारको आयु लम्बियोः उद्योगमन्त्री
भक्तपुर, ८ माघ । उद्योगमन्त्री महेश बस्नेतले माघ ८ मा संविधान जारी हुन नसक्दा सरकारको आयु लम्बिएको बताउनुभएको छ ।
रफत सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको अन्तरक्र्रियामा उहाँले संविधान जारी नभएसम्म यही सरकार रहने बताउँदै भन्नुभयो, “माघ ८ मा संविधान जारी गर्न सकेको भए देशले राष्ट्रिय सहमतिको सरकार पाउँथ्यो, तर संविधान जारी भएन, सरकारको आयु लम्बिएकामा हामी खुसी छैनौँ ।” छिटोभन्दा छिटो संविधान जारी गर्न सरकारले सकारात्मक पहल गर्ने बताउँदै उहाँले संविधान जारी भएपछि मात्रै राष्ट्रिय सरकार गठन हुने बताउनुभयो ।
देशमा फेरि बन्दहडताल सुरु हुँदा नेपाल भित्रिन लागेका २२ प्रतिशत पर्यटकले आफ्नो ‘बुकिङ’ रद्द गरेको बताउँदै उहाँले बन्द र हडतालले धेरै मुलुकले आफ्ना नागरिकलाई नेपालको भ्रमण नगर्न उर्दी जारी गर्दा नेपालले फेरि आर्थिक नोक्सान व्यहोर्नुपरेको बतताउनुभयो ।
कार्यक्रममा निर्माण व्यावसायी महासङ्घका महासचिव रामशरण देउजाले सरकारले निर्माण व्यवसायलाई सेवामूलकबाट हटाएर उद्योग व्यवसायमा राखेकामा खुसी व्यक्त गर्दै सार्वजनिक खरिद ऐन तत्काल संशोधन हुनुपर्ने बताउनुभयो ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
भर्जिनियाको सडक दुर्घटनामा एक नेपालीको दुखद निधन
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया