लस एन्जलसमा ल्होछार कार्यक्रम सम्पन्न, सुन्दरी गायिका संगीता थापा मगरको गित र नृत्यमा झुमे नेपाली
लस एन्जलस । दक्षिण क्यालिफोर्नियामा बस्ने नेपालीहरुले तमुहरुको महान पर्व ल्हु ल्हो ल्होछार विविध सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाएका छन् । तमु समाज लस एन्जलसद्वारा आयोजित ल्होछार साँझ सांस्कृतिक कार्यक्रम सुन्दरी गायिका संगीता थापा मगरको लोक तथा दोहोरी गित र नृत्यले तातेको माहोलमा सहभागी लसएन्जलसवाशी नेपालीहरु सबै झुमेका देखिन्थे । तमु समाज लस एन्जलसका अध्यक्ष ज्ञानेन्द्र गुरुङ र पूर्व अध्यक्ष तारा गुरुङले फ्लोरबाट गीतको तालमा नृत्य सुरु गरे पछि सान्डियागो, क्यालिफोर्नियाका लागि नेपाली वाणिज्य दुत ऋषि ढकाल र एनआरएन अमेरिकाका बलराम थापा कम्मर मर्काइ मर्काई सुन्दरी गायिका संगीता थापाको गीतमा नाच्दा हल गुन्जायमान भएको थियो ।
लाग्थ्यो लस एन्जलसका सम्पूर्ण नेपालीहरु नाची रहेका छन् , झुमी रहेका छन् । सुन्दरी गायिका संगीता थापा मगरले गीतको टुक्कामा छेड हान्दै सान्डियगो, क्यालिफोर्नियाका लागि नेपाली वाणिज्य दुत ऋषि ढकाललाई पटक पटक नाच्न अभिप्रेरित गरे पछि हल हाँसो र तालीले गुन्जिएको थियो । गुरुङ पहिरनमा सजिएका युवा युवतीहरुको नृत्य पनि हेर्न लायक देखिन्थ्यो । न्यूयोर्क बाट आएका अर्का लोक गायक राजेश थापाको प्रस्तुतिमा पनि दर्शकमन्त्र मुग्ध हुँदै नाचे । गुरुङ समुदायको पौराणिक संस्कृति रोधी तथा मौलिक नृत्यहरुको संरक्ष्ण र बिकास गर्ने उद्धेश्यले मनाईएको यस पर्वमा अन्य नेपाली गीतहरुमा समेत नृत्य प्रस्तुत गरिएको थियो । गएको आइतबार लस एन्जलसस्थित स्थानिय आर्टेशिया शहरको हवेली रेस्टुरेन्टमा आयोजित तमुहरुको महान पर्व ल्हु ल्हो ल्होछार विशेष सांस्कृतिक कार्यक्रम सान्डियगो, क्यालिफोर्नियाका लागि नेपाली वाणिज्य दुत ऋषि ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । ल्होछार साँझ संस्थाका अध्यक्ष ज्ञानेन्द्र गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
सेक्स गर्दैमा बिहे गर्नै पर्छ र ?
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया