नेपाल स्पोर्ट्स एंड कल्चर इन्टरनेसनलको अन्तरक्रिया कार्यक्रम सम्पन्न
डिसी महानगर क्षेत्रको म्यारिल्याण्डमा नेपाल स्पोर्ट्स एंड कल्चर इन्टरनेसनलको आयोजनामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ l जसको मुख्य उदेश्य भनेको आगामी मे महिनामा हुने मेमोरिएल बिदाको अवसरमा अन्तर राष्ट्रिय स्तरको खेलकुद कार्यक्रम गर्ने रहेको बताइएको छ l
डिसी महानगर क्षेत्रका विभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरु संग सल्लाह र सुझाब लिन उक्त कार्यक्रमको आयोजना संस्थाका उपाधक्ष्य मिलन राईले बताए l उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित संघ तथा संस्थाका प्रतिनिधिहरुले सहयोग गर्ने बचन बद्धता दिएका छन् l केहि प्रतिनिधिहरुले जिज्ञाशा पनि राखेका थिए भने सभापति सीता पाण्डेको सभापत्तित्वमा कार्यक्रम भएको थियो l
उपाधक्ष्य राईले गत महिनामा नेपालमा गठित स्पोर्ट्स एंड कल्चर सेन्टर नेपाल (एस सी सी एन )लाई नेपाल शाखाको रुपमा प्रमाण पत्र दिएको कुरा उल्लेख गरेका थिए l जुन नेपाल स्पोर्ट्स एंड कल्चर इन्टरनेसनलको पहिलो शाखा भएको र अन्य देशमा पनि विस्तार गरिने जानकारी दिदै यस बिषयमा छलफल भै रहेको बताईएको छ l
कार्यक्रमको अन्त्यमा तेजस्वी पाण्डे द्वारा अमेरिकन फुटबलको कविता वाचन गरेकी थिइन् l
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया