समानता एवं सहभागिता बिना कुनै पनि संरचना पूर्ण सफल हुन सक्दैन’,

इनेप्लिज २०७१ माघ ६ गते २३:१४ मा प्रकाशित

समानता एवं सहभागिता बिना कुनै पनि संरचना पूर्ण सफल हुन सक्दैन’, यो भनाई हो प्रसिद्ध राजनीतिक विचारक एरिस्टोटल को । अर्थात मानव सभ्यताको विकाससँगै नीति नियम एवं अनुशासन सम्बन्धित धारणा विकास भएको पाइन्छ । जसरी मानव सभ्यताले नीति नियम एवं मूल्य मान्यतालाई उपयुक्त स्थान दिंदै आएको छ, त्यसैगरि कुनै पनि संगठनको आफ्नै मूल्य र मान्यता कायम भएको हुन्छ, जुन संगठनको मेरुदण्डको रुपमा रहेको हुन्छ ।

“मेरुदन्ड” भेन्ने बित्तिकै हामी सजिलै बुझ्छौँ कि यस्ले कुनै पनि प्राणी वा बस्तुको संरचना वा अस्तित्त्व लाई थामेको हुन्छ । हामी यसलाई मानव संरचना संग नै दाँजेर हेर्न सक्छौँ । के हामी बिना मेरुदन्डको मानव स्वरूपको निश्चित आकार कल्पना गर्न सक्छौँ ? कस्तो होला त्यो आकार ? के होला मानव अस्तित्त्व ? जसरी मरुदन्डले मनिसको एउटा संगठित संरचना मात्र होइन, शरीरका सम्पूर्ण ज्ञानेन्द्रिय र कर्मेन्द्रियहरुलाई एउटा संगठित र सुन्दर संरचनाकोलागि आधार प्रदान गरेको हुन्छ, त्यसरी नै कुनै पनि संस्था वा संगठनमा बिधानले मेरुदन्डको भूमिका निर्बाहा गर्दछ । कुनै पनि संगठनको निर्माणको आधार शिला तेस संगठनको िवधान र अाचर र संहिता हो जसले संगठनको उत्तरोत्तर प्रगतिकोलागि सहि दिशा प्रदान गर्दछ । हामीले सम्झनुपर्ने अर्को पनि यथार्थ के हो भने, संगठनलाई बलियो एवं सार्थक वनाउन बिधानका साथ साथै निती नियम, अनुशासन सहयोग र समन्वयको भावना, अह्न्कारको पारीत्याग र संस्था को हितमा त्याग गर्न सक्ने भावना जस्ता बिभिन्न कुराहरुले ठुलो भूमिका निर्भाह गर्दछ ।

संगठनको सफलता सँग संगै त्यस संगठनमा आबध्य वक्तिहरु को भावना र सफलता जोडीयको हुन्छ । के एउटै डुंगामा बसेर नदी तर्ने क्रममा डुंगा दुब्दा एक वेक्ती विशेश मात्र डुब्ने हुन्छ र ? डुब्ने सन्भावना ति सबै डुंगा यात्रीको वरावर हुन्छ । डुंगामा माझिको भूमिका झै संगठन प्रमुखले संगठन र संगठनमा आबद्ध तमाम सहकर्मी सहयात्राी साथीहरु को मर्म मा कुनै पनि ठेस पुग्ने काम गरिनु हुँदैन भन्ने कुरमा सदैव सचेत रहनु जरुरी हुन्छ । के माझि डुंगा खेच्दा सामुद्रिक छाल व तुफान आउन्दैन नै भन्ने कुरामा ढुक्क हुन सक्छ र ? अवस्य पनि माझि लाई डुंगा खेप्ने क्रममा अाईपर्ने चुनौितका संभ्वानाहरु बारे अवगत हुन्छ । कुनै पनि संगठनको अगुवा भयर काम गर्दै विभिन्न चुनौती आलोचन र समलोचनाको परिस्थितीहरु अैपर्छन । ति अैपर्ने कठिनाईहरु लाई समाधान गर्न बिधान र आचार संहिता ले धेरै ठुलो सहयोग पुग्छ र संगठनात्मक बिधानकै अन्तर्गत रही कार्य सम्पादन गर्नु संगठनको अधिकारिक वक्तीको नैतीक दाइत्व् र कर्तब्य पनि हो ।

अर्का प्रसिद्ध बिचारक, समालोचक लिओ टाल्स्टाएले भनेका छन, “समाबेशी र उदार कार्यकुशलताले समाज व समुदायलाई सफल हाँक दिन सक्छ” । अर्थात प्रजातान्त्रिक उदारताबिना संगठन कदापी सफल एवं उत्कृष्ट ठहरिन्न । हामी बहुमतको भावनाहरुलाई समेटदै र अल्पमतका भावनाहरुलाई पनि कदर गर्न सिक्नु पर्छ । समस्ठिगत रुपमा भन्ने हो भने, अाइपरेका समस्या र मत मतान्तर्लाई समाधान गर्दै संगठन को बिकासमा निरन्तर सक्रीय नेत्रित्व दिन सक्नु सफल नेत्रित्वको पहिचान हुन्छ ।

मेरो यो अभिब्यक्ती कुनै पनि ब्यक्ती बिशेषलाई चोट पुर्यौने मनसायले उत्प्रेरित भएर ब्यक्त गरिएको होइन । बर्तमान पारीप्रेक्षमा नेपाली काङ्रेस्सको अमेरिका स्थित भात्री संगठन जनसंपर्क समितिको बारेमा मेरो चिन्तन रहेको कुरामा म प्रस्ट पार्न चाहन्छु । बिगत कैयौँ बर्ष देखी बिबादमा अल्झेर संस्थाले गतिशिल दिशा नलिएको स्थितीबाट हालै टेक्सस राज्यको डलास शहरमा सम्पन्न नोभेम्बर २२ र २३ सन २०१४ को अधिबेशनले संस्थालाई प्रगतिको गतिशिल दिशालिने संकेत दिएको छ । ६०० भन्दा बढी साथिहरु भेलाभै सम्पन्न उक्त अधिबेशनमा संगठनलाई अग्रगामी दिशामा निकाश्को बाटो दिन बिधान का केही बुँदा र सम्स्याहरुमाथि छलफल गरेर निर्णय सर्बसहमतिको आधारमा नै चुनाव सम्पन्न भाई जनसंपर्क समिती अमेरिका हाल एउटा संगठनात्मक संरचनाको मुर्त रुप लिएको भन्ने मैले ठानेकी छु ।

त्यस डल्लास अधिभेशनमा औपस्थितभै पारीत भएका निर्णयहरु छसयजना (६००) उपस्थित भएका सहभागि साथीहरुको मात्र होइन, बल्की तमाम शुभेच्छुक हाम्रा मित्रहरुको पनि प्रतिनिधित्व भएको निर्णय हो भन्ने मैले ठानेकी छु । त्यसर्थ हालमा बिधान सम्बन्धित बिभिन्न आफवाहाहरु सुनिएको हालको परिस्थितीमा सर्वप्रथम बिधानको बारेमा प्रस्ठ हुनु पहिलो र अत्यन्तै जरुरी भन्ने मलाई लागेको छ ।

दोस्रो कुरा संस्थाले गर्नुपर्ने सम्पुर्न आर्थिक बुझबुझारथजस्ता कुराहरुलाई परदर्शी रुपमा प्रस्ट भएर आगामी दिनका औपचारिक कार्यक्रमका बारेमा छलफल र निर्णय हुनु जरुरिछ । संस्थालाई सफल र प्रभावकारी दिशामा लैजानकोलागि बिगतका तिता अनुभवहरुबाट पाठ सिक्दै “हाम्रो बिधान हाम्रो मन्त्र” को रुपमा उचित सम्मान दिँदै भावी कार्ययोजना बनाउनु र सफल कार्यान्वयनकालागि हामी सबै एकभइ सोच्नु यस् संगठनको आवश्यकता रहेको ठानेकी छु ।

तेस्रो कुरा मनोनितको बिषयलाई लिएर उठेका बाद-बिबादहरुलाई शहजरुपले टुङ्ग्याउनु हामी सबैको साझा दाइत्व हो । समस्या उत्पन्न गर्नु भन्दा समस्या समाधानको बाटाहरु खोजनु ज्यादा उपयुक्त हुन्छ । मेरो बिचारमा यस्लाई ब्यक्ती बिशेषको अहन्कारसँग जोडीनु हुँदैन । बिधान भित्र रहेर हामी कती सम्म लचिलो हुन सक्छौँ । साथीहरुको भावनालाई समेटनु र सम्मान गर्नु राम्रो हुन्छ । निष्चित रुपमा एउटा संगठनको सफलतामा सो सँग सरोकार राख्ने प्रत्यक सदस्यहरुको साकारात्मक सोच र रचनात्मक कार्यशैलिको सकृय भूमिका हुन्छ ।

मैले आफ्ना अभिब्यक्तिहरु पोख्ने क्रममा एउटा महिलाबादि सचेतकका नाताले यस प्रसंगलाई नकोट्याउनु मेरो भित्री अन्तरात्माले मन्दैन । मनोनितका बिषयलाई लिएर मतमतान्तरहरु आइरहेकोबेला म सम्पुर्ण मित्रहरुलाई ध्यानाकर्षण गर्न चाहन्छु कि आजको समयमा जेन्डर डिस्क्रिमिनेशन सहजै स्वैकार्य हुँदैन । महिला समानता र समताका सवाल बिभिन्न क्षेत्रहरुमा उठिरहेका छन । यस सताब्दिमा महिलाहरु अधिकार र कर्तब्यको बारेमा बुहेका मात्र छैनन् बल्की महिलाले आफ्न पहिचान दुरदर्शिता र सक्षम प्रभावकारी भूमिकाबाट प्रस्टरुपमा साबित करेका पनि छन । हामीले प्रसंगबस उदाहरण दिनुपर्दा बेलायतमा मार्गरेट्ट थेचर, पाकिस्तानमा बेनजिर भुट्टो महिला प्रधान मन्त्री बने । भारतमा महिला राष्ट्रपति प्रतिभा पाटिल भए र हाल ब्राजिल र भेनेजुएलाका राष्ट्रपति महिला नै छन । अर्थात वास्तविकता के हो भने शिप र क्षेमता भन्ने कुरा महिलाहरु मा पुरुष समान नै हुन्छ, भन्ने कुराको प्रमाण बिश्वको इतिहाँसले दिएको छ । यस मन्यतालाई मुर्तरुप दिनको लागि सक्षम एवं सिक्षित महिलाहरु लाई पनि संगठनको सिर्ष स्थानमा समाबेश गरी अबसर प्रदान गर्नुपर्ने कुरा आजको आब्श्यकता हो । आफ्नो व्यक्तिगत स्वार्थबाट माथि उठेर सम्बन्धित मुद्दाहरुमा निस्वार्थरुपले उदारताकासाथ समाबेशी राजनीतिलाई आधार मानेर सबै साथीहरुको निर्णयबाट टुङो लागाउनु बेश हुन्छ| मलाई लाग्छ दुर दर्शिता र त्यागले कुनै पनि समस्याको निवारण गर्न सकिन्छ ।

अन्तत: यि मेर नितान्त निजी र स्वतन्त्र अभिब्यक्तिबाट अज्ञानअताबश कुनै ब्यक्ती बिशेषलाई चोट पुगेको खन्डमा म त्यस प्रती क्षमायाचना गर्दै यस् प्रतिको स्वभाविक परतिकृयालाई मैले आफुलाई निखार्ने उत्त्प्रेरणाको रुपमा सहर्श स्वैकार गर्दछु । अन्त्यमा संगठनका हक हितमा सदैब समर्पित रही आफ्नो दाइत्व निर्बाह गर्नु अहिलेको टड्कारो आवश्यकता हो ।

जयनेपाल !

(लेखक नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य हुनुहुन्छ)

प्रतिक्रिया