संविधानसभा बैठक ढिलाइ, एमाले समीक्षामा
काठमाडौँ, ६ माघ । गए राति तोडफोडको घटनापछि स्थगित भएको संविधानसभाको आजका लागि तोकिएको बैठकका लागि शीर्ष नेता र सभासद् संविधानसभा भवन नयाँ बानेश्वरमा उपस्थित भए पनि बैठक २ बजेसम्म सुरु हुन सकेको छैन । बैठक १ बजेका लागि तोकिएको थियो ।
अहिले नयाँ बानेश्वरमा प्रधानमन्त्री सुशील कोइरालासहित विभिन्न पार्टीका शीर्ष नेता र सभासद् आपसी र आन्तरिक छलफलमा जुट्नुभएको छ । गए राति सभाध्यक्ष सुवास नेम्वाङले संविधानका अन्तर्वस्तुमा प्रश्नावली समिति गठनको प्रस्तावको कार्य अघि बढाएपछि एमाओवादी र मधेसकेन्द्रित दलले रोस्ट्रम घेराउ गरी तोडफोड मच्चाएपछि बैठक स्थगन भएको थियो ।
यही क्रममा सोमबारको घटनाको समीक्षा गर्न अहिले संविधानसभा भवनमा एमाले स्थायी कमिटीको बैठक बसिरहेको छ एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विद्यादेवी भण्डारीलाई पनि प्रहार भएको घटनालाई एमालेले गम्भीर रुपमा लिई समीक्षा गर्न लागेको बुझिएको छ ।
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४७ हजार संक्रमित,१७५८ जनाको मृत्यु
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
प्रतिक्रिया