माघ ८ मै संविधान जारी गर्न माग
काठमाडौँ, ५ माघ । प्रक्रिया वा सहमति गरेर भए पनि तोकिएको समयमा संविधान जारी गर्नुपर्ने माग मानवअधिकारकर्मीले गरेका छन् ।
मानवअधिकार तथा शान्ति समाजद्वारा आज यहाँ आयोजित अन्तक्र्रियामा मानवअधिकारकर्मीले माघ ८ मै संविधान जारी हुनुपर्छ भनेर गरिएका विभिन्न आन्दोलनलाई विफल तुल्याउन सरकारले गरेको दमन आफूहरूलाई सैह्य नहुने बताए ।
मानवअधिकारर्की कृष्ण पहाडीले संविधान जारी गर्न गरिएका दबाबमूलक आन्दोलनकका क्रममा आन्दोलनकारीमाथि गरिएका सरकारले गर्दै आएको दमन रोक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मानवअधिकारकर्मी डा केदारनरसिंह केसी, समाजका अध्यक्ष होमकान्त चौलागाईं, एमनेस्टी इन्टरनेसनलका अध्यक्ष सूर्यबहादुर अधिकारीलगायतले जडसुत्रवाद र सङ्किर्णवादबाट मुलुकलाई जोगाउन सबै राजनीतिक दलका नेता जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
समाजले राष्ट्रिय पहिचान : शान्ति अहिंसा सद्भाव सहिष्णुता हुनुपर्छ भनी देशव्यापी सुरु गरेको अभियान १५ जिल्लामा सम्पन्न भइसकेको सो अवसरमा जानकारी दिइयो ।
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
अमेरिकामा एकैदिनमा कोरोनाबाट ३२९२ को मृत्यु ,१ लाख ७० हजार संक्रमित
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
न्युयोर्ककी सभासद कोर्टेजलाई मार्ने धम्कि दिने तथा सदनमा आक्रमण गर्ने टेक्सस ड्यालसका व्यक्ति प्रकाउ
प्रतिक्रिया