पाँच नेपालीको जीवन रक्षाको माग
इनेप्लिज
२०७१ माघ ५ गते ११:५७ मा प्रकाशित
काठमाडौँ, ५ माघ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले इन्डोनेसियाली सरकारले आइतबार पाँच नेपालीसहित छ जनालाई मृत्युदण्ड दिने निर्णय गरिएकाले उनीहरुको जीवन रक्षाको लागि माग गरेको छ ।
बहर तामाङ, वीरबहादुर गुरुङ, इन्द्रबहादुर तामाङ, नरबहादुर तामाङ र तिलबहादुर भण्डारीलाई मत्युदण्डको सजाय सुनाइएको जनाउँदै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले आफ्ना नागरिकको जीवन रक्षाका लागि यथाशीघ्र कूटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभएको छ ।
सन् २०१३ भन्दाअघि इन्डोनेसियामा कुनै पनि अपराधमा मृत्युदण्ड दिने गरिएको थिएन । हाल आएर पुनः यस्तो दुःखद् अभ्यास सुरु गरिएकामा स्थानीय मानवअधिकार संस्थाहरुले पनि विरोध जनाउँदै आएका छन् ।
आइतबार आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको घटनाको विरोधमा ब्राजिल र नेदरल्याण्डले आ–आफ्ना राजदूत फिर्ता बोलाइसकेको बताइएको छ ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया