अनुमतिको लागि अपिल i

इनेप्लिज २०७१ माघ ५ गते ३:२९ मा प्रकाशित

AIbEiAIAAABDCPWO08O70N3AEyILdmNhcmRfcGhvdG8qKGQ3NWE1NTM4MjFiOWNiNzRmZGJmMTdjMWI4ZWY3MzZiMTUyNmY3YmEwAQzgiG-tu_0Cz93tBa5h4YhN4Zs-

 

अमेरिका बासि बिबेकसिल नेपाली समुदायमा मेरो निबेदन छ कि एन आर एन अमेरिकाको आसन्न निर्बाचनमा मेरो उम्मेदवारी दिने इच्छा सार्बजनिक गर्दछु .
१ -सर्ब प्रथम त् “Judge your self from other eye “अर्थात आफ्नो मुल्यांकन अरुको आँखा बाट गर “भन्ने मर्म बाट म निर्देशित भएको हुँदा अधक्ष्य ,बरिष्ठ उपाधक्ष्य वा महासचिब मध्य कुन पदमा मलाइ योग्य देख्नु हुन्छ ?उम्मेदवारी दर्ता गर्ने दिन सम्म यहाँ हरु बाट प्राप्त ” मत “बाट म निर्देशित हुने छु .कुनै पनि पदमा हुन्न भन्नु हुन्छ भने पनि कारण सहित आफ्नो मत दिनु हुन् अनुरोध गर्दछु .मतदाता हरुको मनोभावना लाइ म शिरोधार्य गर्दछु .अमेरिका बासि बिबेकसिल नेपाली समुदाय लाइ थाहा नै छ अमेरिकी समाजको निर्बाचन प्रक्रिया र मर्म अनुसार उम्मेदवारी दिने इच्छा मात्र जाहेर गर्न सकिन्छ कुनै पदमा स्वयम् लाइ दाबी गर्न सकिदैन वा अधिकार व्यक्त गरिदैन मतदाताको समर्थन पाए वा स्वीकृति पाए मात्र कुनै पदमा उम्मेदवार हुने हो तसर्थ म पनि यहि समाजको सदस्य भएकोले अनुशरण गर्नु पर्छ त्यसैले यहाँ हरुको “हुन्छ “र “हुन्न”मत को आधारमा म उम्मेदवारी दर्ता गर्ने छु .न रुचाएको र जबर्जस्ति मतदातामा लादिने नेपालि नेतागिरी मानसिकता बाट ग्रसित उम्मेदवारी दिने प्रवृति लाइ निरुत्साहित गर्नु हुन् निबेदन पनि गर्दछु .
२ -हाम्रो समुदाय मा आफै लाइ पदको अधिकार वा हकदार ठानी यो गर्छु र त्यो गर्छु भनि सस्थाको बिधान भन्दा बाहिर समेत पुगेर अपत्यारिलो ,हास्यास्पद अनि अति महत्वाकांक्षी झुठो प्रतिबद्धता गरि मतदाता मा भ्रम पार्ने जुन प्रवृति छ म त्यसको बिरोधि छु .म पहिले प्रश्न पत्र सार्बजनिक गरि परिक्षा दिने काम गर्दिन पहिले परिक्षा दिन्छु यो गलत र यो सहि भनि प्रश्न गर्ने र सफल असफल घोषणा गर्ने गहन जिम्मेवारी आदरणीय मतदाता छोडेको छु .मतदाता को चाहना बिरुद्धको उम्मेदवारी यो समाजको रुची होइन .तसर्थ म स्पस्ट पार्दछु कि सस्थाले निर्देशित गरेको लक्ष र उदेश्य भन्दा बाहेक म आफ्नो स्वार्थ र सस्तो प्रचारको लागि एक इन्च पनि दाया बाया वा अनाबस्यक अनाधिकार क्षेत्रमा प्रवेश गर्दिन सस्थाको हितमा बाहेक कहिँ कसैको ढोकामा दात देखाएर फोटो खिच्न मात्र जादिन मेडिया झुठो प्रोपोगान्डा मा म बिस्वास राख्दिन किनकि अमेरिकी नेपाली समाज सचेत छ बिबेकसिल छ र आफ्नो मताधिकार को स्वतन्त्र रुपमा प्रयोग गर्न मतदाता हरु सक्षम हुनु हुन्छ अमेरिकी नेपालि .समाज र मातृभूमि को लागि दुइ दशक अगाडी देखि सक्रिय भएर लागेको हु लाग्ने छु पद भए पनि न भए पनि ………….
३ -एन आर एन अमेरिका लगायत अमेरिकाका अन्य संघ सस्थामा सदस्यता बाट उठेको सुल्क बाट अब आयन्दा “एक थोपा “पनि मादक पदार्थमा खर्च गर्न निषेध गर्ने लगायत र अन्य फजुल खर्च नियन्त्र वा निस्तेज गर्ने मतदाताको सदिच्छा लाइ पुरा गर्ने मेरो काम वा प्रतिज्ञा हुनेछ .यस्तो फजुल खर्च निस्तेज गरि मातृभूमि को लागि र अमेरिकी नेपाली समुदाय को लागि आबस्यकता र क्षमता अनुसार मतदाताको निर्देशन को आधारमा काम गर्ने छु .साथै एन आर एन अमेरिकाको आपद्कालिन कोषलाइ स्थानीय नेपाली समुदाय र मातृभूमिको लागि प्रभावकारी बनाउन मैले सशक्त संचालन र प्रक्रिया बिधि तयार पारि सकेको छु त्यसलाई अनुकरणीय उदाहरण हुने गरि कार्यान्वयन गर्ने छु . आदरणीय मतदाताको सहभागिता र सहकार्य जुटाएर .
४ -अमेरिका प्रवेश गर्दा कुनै पनि नेपालीको राहदानीमा उसको राजनीतिक बाद उल्लेख न भएको अर्थात औचित्य न भएको र अमेरिकी संबिधान र स्थानीय राज्य सरकार को दृष्टिमा हामि अमेरिकी समाजका सदस्य हौ र अमेरिकाको कानुन अन्तर्गत दर्ता भएको यो नाफा रहित सस्थामा नेपालको राजनैतिक पूर्वाग्रह को बाताबरण लाइ निस्तेज गर्दै कामको आधारमा मात्र मुल्यांकन गर्नु पर्ने बिबेक प्रयोगको बाताबरण सिर्जना गर्नु हाम्रो समुदायको दायित्व हो हिजो स्वदेशमा को के बादी थियो त्यसको यहाँ कुनै अर्थ राख्दैन अमेरिकी भूमिमा अमेरिकी कानुन अन्तर्गत बसेका छौ भने उताको भनक यता देखाउने मानसिकता अब त्यागिनु पर्छ .सस्थाको हित हुने काम गर्न सक्ने वा सोच भएको व्यक्तित्व लाइ निर्बाचित गर्न आफ्नो बिबेक र मतको सदुपयोग हुनेछ भन्ने मेरो विश्वास छ .अमेरिकी कानुनले निर्देशन गरेको परिधि भित्र बसी नेपाली समुदायको हक हित र एकताको लागि मात्र म आफ्नो समय खर्चने छु .
५ – आदरणीय मतदाता हरुमा प्रश्न उठ्नु स्वबभिक हो किन उम्मेदवारीको इच्छा जाग्यो? भनेर ?छोटकरीमा भन्नु पर्दा म एन आर एन अमेरिका को वा एन आर एन को कुनै पदमा नहुदै पनि २००९ देखि नेपाल देखि युरोप सम्म का बिभिन्न सम्मेलनमा सहभागी भै मातृभूमिको लागि पर्यटन बाताबरण र जन चेतना मुलक योजनामा एन आर एन लाइ सदुपयोग एबम एन आर एन को बिधि बिधान लै परिमार्जित गर्ने समय सापेक्षित कसरि बनाउने आदि आवाज उठाउदै आएको छु .तत् बिषयमा कार्यपत्र प्रस्तुत गर्न खोज्दा त्यहाँ बिभिन्न पदमा रहनु हुने हरुको मुख देखाउनु पर्ने रहर अनि लहडको पर्तिश्पर्धाको कारण स्थान वा समयाभाब को कारण देखाई बन्चित गरिएको कारणबाट आफुले मातृभूमि अनि स्थानीय समुदायको लागि तयार पारेको कार्य योजना हरु छायामा परेकोले एक पटक किन स्वयम् को उपस्थितिमा त्यस्ता कार्यपत्र हरु प्रस्तुत नगर्ने ?र योजना अगाडी नबढाउने?भन्ने प्रयासको लागि मात्र हो अन्यथा म पद र प्रचार प्रति आशक्ति राख्ने मानसिकता बाट ग्रस्त व्यक्ति होइन भनेर स्पस्ट पार्न चाहन्छु .पदको लागि छिटा झम्टि म गर्दिन अन्य योग्य हरु हुनु हुन्छ भने म वहा हरुको भाग खोस्दीन त्यसैले कुन पदमा उठ्न उचित हुन्छ ?वा न उठौ ?भनेर बिबेकसिल मतदाता हरुको “मत “पहिले मागेको छु .कारण सहित अन्य योग्य र सक्षम व्यक्तित्व लाइ हार्दिक स्वागत र समर्थन गर्दछु छुट्याउने जिम्मेवारी आदरणीय बिबेकसिल अमेरिकाबासि नेपाली मतदाता हरु को हो .
६ -अर्को स्वाभाविक जिज्ञासा हुने नै भयो को हो शेखर ढुंगेल भन्ने ?कटुन्जे भक्तपुरमा जन्म लिएको हु . राजनीति शास्त्रमा स्नातक गरेको प्रजातन्त्र मनाबधिकार र राष्ट्रियता प्रति समर्पित छु .छोटो समय शिक्षण र सुरक्षा सेवा पश्चात आयात निर्यात एबम होटल र पर्यटन व्यवसायमा संलग्न थिए त्यसको साथै
क -नर्वे नेपाल मैत्री एबम सस्कृति संघ को सस्थापक सदस्य (,ख ) -नेपाल अस्ट्रिया चेम्बर अफ कमर्स नेपाल को सस्थापक सदस्य (ग )नेपाल जापान नागरिक समाजको सस्थापक सदस्य सचिब भै संघ सस्थाको नेतृत्व र ब्यबस्थापन को लामो अनुभब गरेको छु ,र एन अमेरिकाको गत निर्बाचन मा सदस्यता प्रमाणीकरण समितिको प्रमुख भै सफलतापुर्बक जिम्मेवारी सम्पन गरेको थिए साथै एन आर एन अमेरिकाको बिभिन्न टास्कफोर्स मध्य नेपालमा पर्यटन विकास सम्बन्धि टास्कफोर्समा तथा सल्लाहकार समितिमा समेत रहेको मा केहि समय अगाडी सल्लाहकार समितिको सदस्य बाट भने राजिनामा गरि सकेको छु .(घ )प्रवासमा बसेर नेपालि भाषा साहित्य एबम गित लेखन निरन्तर गरि रहेको छु( )(Beautiful Nepal foundation inc को सस्थापना गरि यो मार्फत नेपालको पर्यटन बिकासको मेरुदण्ड साबित हुने सुदूरपश्चिममा “खप्तड बिस्व अध्यात्म केन्द्र “को गुरु योजना एबम सिन्धुपाल्चोकमा बिस्वकै नमुना बगैचा सहित को ठुलो ओम् (Statue )निर्माण प्रक्रिया अगाडी बढाई सकेको छु (.च )२००१ देखि म अमेरिकामा छु र यस अबधिमा मातृभूमिको लागि व्यक्तिगत र सामुहिक सहयोगमा सैयौ कार्य गर्दै ए एन ए ,अ ने सा स ,आन्मा/नासा लगायतका संघ सस्थामा बिबिध कार्यक्रमको संयोजक भै सहभागिता निरन्तर जनाई रहेको छु यसको बाबजुद ३ वटा नेपाली आधुनिक गित को एल्बम ,कथा संग्रह ,कविता संग्रह ,गीति संग्रह ,यात्रा स्मरण (कहाँ छ मेरो देश ?को अंग्रेजी सस्करण Beautiful journey of struggle ) र भर्खरै ‘परिबर्तनको लागि बिबेकसिलता (Norms of strong civic sense )पुस्तक प्रकाशन गरि समाज परिबर्तन को लागि मातृभूमिमा युवा पुस्ता सित सहकार्य गरि देशको विकृत र विसंगति बिरुद्ध एबम “समान मानबिय मूल्य र मान्यता “को मर्म लागु गराउने अभियान कार्यन्वयन को लागि सक्रिय छु .४० को दशक देखिनै समसामयिक सन्दर्भमा बिबिध लेख हरु प्रकाशन गरि समाज र देश प्रतिको आफ्नो दायित्व र जिम्मेवारी लाइ हर सम्भब पुरा गर्न निरन्तर लागि रहेको छु (.छ )२००६ देखि नेपाल अमेरिका पत्रकार संघ मा मा सक्रिय सदस्यको को रहेको छु भने नेपालो ग्रामीणक्षेत्रमा शिक्षा र स्वास्थ्य को क्षेत्रमा जनचेतना मुलक काम गर्ने संचारकर्मी लाइ प्रोत्साहन गर्न नेपाल पत्रकार महासंघ सीतको सहकार्यमा प्रत्यक दुइ बर्षमा वितरण गरिने एक लाख एघार हज्जार एक सय एघार रुपियाको “बद्रिकुल ग्रामिण पत्रकारिता पुरस्कार “स्थापना गरि दुइ पटक वितरण समेत भै सकेको छ .(ज )आज सम्म मैले अस्ट्रेलिया ,जापान ,नर्वे ,स्विडेन ,स्विजरल्याण्ड ,बेल्जियम ,स्पेन ,फ्रान्स ,जर्मन ,बेलायत ,लग्जमबर्ग .लाओस ,ताइवान ,थाइल्याण्ड ,इन्डोनेसिया ,सिंगापुर,हंगकंग ,रसिया र भारतका बिभिन्न राज्य भ्रम गरि सकेको छु र त्यसै अनुभब लाइ मातृभूमिको लागि कसरि सदुपयोग गर्न सकिन्छ भनेर बिभिन्न योजना तयार पारि सकेको छु .
आदरणीय बिबेकसिल मतदाता हरु यहाँ हरुको चाहना अनुरुप मातृभूमिको सेवा र एन आर एन अमेरिकालाइ प्रभाबकारी बनाउन पदीय आडम्बर होइन सस्थाको बफादार सिपाहीको रुपमा काम गर्न वा गरोस भन्ने यहाँ हरुको सदिच्छा लाइ म इमान्दारीपुर्बक सम्पन गर्ने छु भनि म पूर्ण बिस्वस्त हुन् बिनम्र अनुरोध गर्दछु .
“आउनुस प्रबासमा एक नेपाल एक नेपाली हाम्रो एकता पर्दर्शन गरौ एन आर एन अमेरिकाको सदस्यता लिएर शसक्त संगठन निर्माण जस्तो सामाजिक दायित्व लाइ पुरा गर्न सक्रिय सहभागिता जनाउनुस “एन आर एन मार्फत आ आफ्ना विचार र देश प्रतिको दायित्व र रुचिमा एकाबक्यता जनाएर हाम्रो शसक्त उपस्थिति र वा सहभागिताको समेत उदाहरण बनौ .
बिनित
शेखर ढुंगेल
न्यु योर्क अमेरिका
५१०२०७३७९१

प्रतिक्रिया