मानवीय सहयोगको लागि हार्दिक अपिल
इनेप्लिज
२०७१ माघ ४ गते २१:२१ मा प्रकाशित

गत जनवरी १५ ,नुवाकोट थानसिङ घर भइ अमेरिकाको भर्जिनियाको वुडब्रिज बस्दै आएका विष्णुहरि भण्डारीको दुखत निधनले सबैलाई मर्माहत र दुखित तुल्याएको छ lदुई वर्ष अघि मात्र अमेरिका पुगेका चौतिस बर्षिय विष्णुहरिको मृत्युको खवरले भण्डारी परिवारसहित अहिले सिंगो गाउँ नै शोकमग्न भएको छ । मृतक भण्डारी श्रीमती नारायणी भण्डारी तथा ५ बर्षकि जेठी छोरी तथा ५ महिना कि कान्छी छोरीलाई छोडेर गएका छन् l असामयिक निधनले परिवार अस्त व्यस्त भएको छ l भण्डारीको मृत शरीरलाई प्रिन्स अस्पतालमा परीक्षणको लागि राखिएको छ । खर्च जुटाउन निकै कठिन अवस्थामा रहेकोभण्डारी परिवारलाई समुदायको खाचो छ l र ,यस दुखत घडीमा हामीले आफ्नो तर्फबाट हैसियत अनुसार आर्थिक सहयोग गर्न सक्ने अवस्था छ भने सहयोगको लागि समुदायसंग बिनम्र अनुरोध गर्दछौ l यो जटिल परिस्थितिलाई समाधान गर्न समुदाय एक जुट हौ l सहयोगको लागि हात अगाडी बढाऔ lसहयोग गर्न ईक्षुक व्यक्तिहरुले निम्न व्यक्तिहरुसंग सम्पर्क गर्न सक्नु हुनेछ l
शंकर पाण्डे .२०२ ५३१ ३२५५
जनक अधिकारी ५७१ २७७ ११८६
आर्थीक सहयोग गर्न यहाँ किल्क गर्नु होस् :
http://www.gofundme.com/kdenew
चेक या मनि अर्डर पठाउनको लागि ठेगाना
Mailing address
13611 Grandview Ave Woodbridge VA 22191
ईस्वरले सबैलाई रक्षा गरुन !
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया