प्रक्रियाबाट भएपनि माघ ८ मै संविधान: नेता नेपाल
इनेप्लिज
२०७१ माघ ४ गते १३:४५ मा प्रकाशित
रौतहट, ४ माघ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रक्रियाबाट भएपनि निर्धारित समयमा नयाँ संविधान जारी हुने बताउनुभएको छ ।
रौतहटको सखुअवा धमौरा गाविसमा आज आयोजित विपन्न परिवारलाई कम्बल वितरण कार्यक्रममा बोल्दै उहाँले निर्धारित समयमै संविधान जारी गर्न सत्तारुढ दल सक्रियताका साथ लागिपरेको बताउनुभयो ।
एमाओवादीलगायत ३० दलीय मोर्चासँग सहमतिको लागि काँग्रेस र एमालेले प्रयास गरिरहेको बताउँदै उहाँले सहमतिमा नआएमा बहुमतीय प्रक्रियाबाट भएपनि माघ ८ मा संविधान आउने दोहोर्याउनुभयो ।
सो अवसरमा नेता नेपालले नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय कमिटीद्वारा उपलब्ध गराइएको २०० थान कम्बल हर्षाहाटोलका दलित र विपन्न परिवारलाई वितरण गर्नुभएको थियो ।
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
‘डिजी पे’ले पायो भुक्तानी सेवा प्रदायकको लाइसेन्स
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
प्रतिक्रिया