न्युयोर्क । न्युयोर्कबासीका लागि न्युयोर्क सिटिले जारी गरेको ‘आइडीएनवाइसी’ का लागि आवेदन दिनेको संख्या ह्वात्तै बढेको सञ्चालक निर्देशक मिन्डी टर्लोले बताएका छन् । ‘निवेदकको चाप अधिक छ, तैपनि हामी न्युयोर्कबासीलाई सक्दो चाँडो आइडी उपलब्ध गराउँछौ,’ जनवरी १४ मा प्रेस विज्ञप्ति जारी गर्दै उनले भने ।
माग अधिक भएपछि न्युयोर्क आइडी एपोन्टमेन्ट सिस्टममा दिन थालिएको आप्रवास मामिला कार्यालयका कमिस्नर निशा अग्रवालले जानकारी दिइन् । यो प्रणालीबाट पहिलेभन्दा सजिलै र छिटो आइडी पाउने उनले दाबी गरेकी छन् ।
यो पनि पढ्नुहोस…
न्युयोर्कसिटिले थाल्यो आइडी कार्ड वितरण, एमअारपी हुनेलाइ सजिलो
अपेक्षा गरिएभन्दा बढी आवेदन आएकोले स्वंयसेवकहरु थप गरिएको मानव संशाधन कमिस्नर स्टिभन बैंक्सले बताए । ‘जति धेरै आएपनि हामी न्युयोर्कबासीलाई चाँडोभन्दा चाँडो आइडी उपलब्धि गराउँछौ, यसको लागि हामीले अतिरिक्त स्वंयसेवकहरु थपिसकेका छौं,’ स्टिभनले भने ।
जनवरी १४ बुधबारबाट आवेदन खुल्ला गरिएको न्युयोर्क आइडीका लागि कुनै समयसीमा तोकिएको छैन । न्युयोर्कमा बासोबास गर्ने योग्य जोसुकैलेअनलाइन मार्फत वा ३११ मा फोन गरेर आवदेन दिन सक्नेछन् । अहिले न्युयोर्कका ५ सहरबाट यसको वितरण गरिरहेको छ ।
स्रोत:एभरेस्ट टाइम
प्रतिक्रिया