रुसमा नया वर्ष २०१५ को शुभकामना आदान -प्रदान

इनेप्लिज २०७१ पुष ३० गते २३:०७ मा प्रकाशित

गैरआबासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषद र नेपाली छात्र संघ जनमैत्री बिश्वबिद्यालयको संयुक्त आयोजनामा मस्कोस्थित नेपाली राजदुतावासको सभाकक्षमा नया वर्ष सन् २०१५ को उपलक्षमा गत ४ जनवरी (आइतबार) का दिन शुभकामना आदान -प्रदान एबं रुसमा अध्ययन गर्न आउनुभएका नयाँ बिध्यार्थीहरुको लागि स्वागत कार्यक्रम सम्पन्न भयो । यस कार्यक्रम को संचालन नेपाली छात्र संघका महासचिव प्रवल प्रधानले गर्नुभएको थियो । बिशिस्ठ अतिथिहरुको आसन ग्रहण पश्च्यात् नबआगन्तुक बिद्ध्यार्थीहरुसंग उपस्थित सबैजनाको परिचय एबं शुभकामना आदानप्रदान भएको थियो l

        प्रमुख अतिथि महामहिम राजदुत डा. रबि मोहन सापकोटाज्यूको शुभकामना मन्तव्यबाट औपचारिक कार्यक्रम शुरु भएपछि, गैरआबासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषदका कार्यबाहक अध्यछ्य डिल्ली खरेल “सुमन” ले संस्थाको तर्फ़बाट सबैलाई नयाँ वर्षको शुभकामना दिदै नयाऊ बिध्यार्थीहरुलाई स्वागत गर्नुभएको थियो l त्यस्तै गरी छात्र संघका पदाधिकारीहरु सिताराम कट्टेल “मिलन” र मदन महर्जनले नबआगन्तुक बिद्ध्यार्थीहरुलाई रुसका नियमहरूको पालना गर्दै  दत्तचित्त भै आफ्नो पढाईमा लाग्न आव्हान गर्नुभएको थियो l गैरआबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदमा रुसबाट प्रतिनिधि गर्नुहुने केन्द्रिय सदस्य गोविन्द प्रसाद गौतमले देशको समस्त बिकाशको लागि शिक्षा र संस्कृतिको विकास अपरिहार्य छ भन्दै आ-आफ्नो बिषयमा ध्यान दिई राम्रो बिशेषज्ञ  बन्न सुझाव दिनुभयो । केन्द्रिय महिला संयोजक सपिला राजभंदारीले रुसबाट पढेर गएका व्यक्तिहरु नेपालमा लगभग सबै आ-आफ्नो छेत्रमा सुप्रसिद्ध रह॥ नेपालको समग्र बिकाशमा ठुलो योगदान दिएको कुरा प्रकाश पार्नुभयो । केन्द्रिय सल्लाहकार डा. मणिराज पोखरेलले अन्तर्राष्ट्रीय नयाँ वर्ष हाम्रो पारम्परिक चाड नभए पनि देशअनुसारको भेष गर्नु पर्ने भन्दै सबैजनालाई शुभकामना दिनुभयो । नेपाली  खेलकुद तथा संस्कृति समाज का अद्ध्यछ्य खेम लामिछानेले बिद्धार्थीका समसामयिक समस्यामाथि प्रकाश पार्नुभयो । जनमैत्री बिश्वबिद्यालयका पुराना छात्र एबं रुसमा नेपाली व्यापारका सुत्रधार डा. भरतराज शर्मा पौडेनले ४० वर्षअघि आफुपढ्दाको रुसको अवस्था र त्यतिखेरको नेपाली राजदुताबास र बिद्ध्यार्थी समुदाय बीचको सम्बन्धबारे चर्चा गर्नुभएको थियो । अतिथिहरुको बोल्ने पालो सकिएपछि नबआगन्तुक बिद्ध्यार्थीहरुलाई उपहार र बिद्ध्यार्थी समुदायबाट बिशेष योगदान दिनेडरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमका सभापति एबं नेपाली छात्र संघका अध्यछ्य उत्तम लामीछानेले सबैलाई नयाँ वर्षको शुभकामना दिदै  आर्थिक सहयोगको लागि गैरआबासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषद र गैरआबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका केन्द्रिय कोषाध्यक्ष  डा. बद्रि केसीका साथै केन्द्रिय प्रतिनिधि गोविन्दप्रसाद गौतमप्रति बिशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

         कार्यक्रमको अन्त्यमा, बिश्व नेपाली साहित्य महासंघ रुस शाखाका सचिव एबं गैरआबासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषदका प्रबक्ता डा. मनमुर्ति भुर्तेलले कार्यक्रममा साहित्यिक रंग थप्दै बिद्ध्यार्थीहरुका लागि आफ्ना केहि प्रेरणादायी मुक्तकहरु सुनाउनुभएको थियो । त्यसपछि चिट्टा खोलिंदा पारस्परिक् ठट्टा र हाँसोले सभाकक्ष गुन्जायमान भएको थियो l कार्यक्रमको समाप्तिपछि रात्रिभोजको आयोजना गरिएको थियो ।

         कार्यक्रम संचालनको लागि राजदुताबासको सभाकक्ष उपलभ्ध गराईदिनु भएकोमा महामहिम राजदुतज्यु र सम्पूर्ण राजदुताबास परिवारप्रति हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।

प्रतिक्रिया