आज विजया दशमी !

इनेप्लिज २०७३ असोज २५ गते १४:४२ मा प्रकाशित

sunil-profile

बिहानै आँखा नखुल्दै आज दोधारमा परे म । तातो सिरक छोडौ कि नछोडौ। उठौं त थकित जीउ, नउठौं त कामको चटारो । अफिस नजाउँ त घरको मासिक किस्ताले सताउने, जाउँ त ओछ्यान छोड्नै गाह्रो । यसो पर्दा खोली बाहिर च्याए, मन्द चिसो हावा संगै हुस्सु र कुहिरोले पार्किङ लट नै छोपेको रहेछ । बाहिरी बातावरण हेर्दा नेपालमा जसरी दशैको आगमनताका ‘फेष्टिव’ देखिन्छ त्यसै गरी मन चुलबुल भयो र जुरुक्क उठी श्रीमती लाई भनेछु – दसै आयो….. !

बिस्तारै बढेको चिसो, त्यसमाथि उमेरको जालझेलमा थलिएको निन्द्रा, बिहानै उठेर ब्रेकफास्ट बनाउनु, खानु र दिउसोको लागी लन्च समेत तयार गर्नु पर्दा कुन जन्ममा पाप पो गरेको थिए कि भन्ने लाग्छ । बिहानै उठ्यो, चिया/कफी मगमा हाल्यो, झोलामा लन्च हाल्यो अनि ततायो अफिसको बाटो । अफिस आवत जावतको मज्जा पनि गजबै छ । कार्यालय समयमा थानकोटको ट्राफिक जाम जस्तै वासिङ्टन डिसी मेट्रो एरियाको ट्राफिकमा गाडी हुईक्याउनुको पिडाको बयान गरी नसक्नु हुन्छ । यही पिडा लाई कम गर्न सरकारले कार्पोल तथा स्लगिङको ब्यबस्था गरेको छ । कार्यालय आवत जावतका लागी कहिले आफ्नो गाडीमा त कहिले अर्कैको गाडीमा आलोपालो सवारी गर्नु नै मेरो दैनिकी बनेको छ!

जिन्दगी मजाक मै पो बित्ने हो कि भन्ने पीर पनि लाग्छ, कहिलेकाहीँ । शनिबार र आइतबार बिदा पाउनेहरु सबै भाग्यमानी ठहर्छन अमेरिकामा। छुट्टीको दिनको ठेगाना हुनेले एक आपसमा भेट्घाट गर्छन, कहिले आफ्नो कथा सुनायो, कहिले अर्काको व्यथा सुन्यो । बिदेशमा कसैको मित्र, धेरैको अपरिचित त कतिको हाई हेलो को सम्ब न्ध । जेहोस बिदेशमा यत्तिको परिचयलाई नभएको भन्दा भएकै ठान्नुपर्छ, म सन्तुष्टै छु ।

बिश्वको जुन कुनामा बसे पनी आफ्नो मात्रु सस्कृती मुटु झै प्यारो हुन्छ । त्यस्मा पनि प्रबासी नेपालीहरुका लागी चाडपर्बको महत्व झनै बिशेष हुने गर्दछ । भर्खरै मात्र बिदा गरिएको तीज पर्ब लाई अमेरिकाका नेपाली भाषी हरुले परम्परागत रुपमा ठुलो महत्व का साथ मनाए । मेरिल्यान्डमा बिराटनगरबासी साथीभाइहरु बिच भएको तीज कार्यक्रममा आफ्नो परम्परालाई अगाल्दै बिशुद्द नेपाली तीजको गीतमा रातो पहिरन र गहनामा धपक्क सजिएका महिलाहरुले नाचगान गरे, आफ्ना परिवार्, साथी भाईका साथ तीजको महत्व का बारेमा प्रबचन गरे, दर खाए र मन्दिरमा गएर र बेलुका ब्रत प्रतिस्ठा गरे । त्यस्तै, विभिन्न राज्यहरूमा छरिएका नेपाली भाषीहरूले धुमधाम तीज मनाए !

बर्ष दिनको दौड धुपका बिच तीज पर्बलाई बिदा गर्दा गर्दै आफ्नो मात्रु पर्ब- दशै र तिहार नजिक आउँदा नेपाली मन बेचैन हुन थाल्छ । नेपाली पर्ब मात्रै हुन र यसपछीका अमेरिकन पर्बहरु- हलोइन्, थ्यान्क्स गिविङ र क्रीसमसको चटारो अर्कै छ । नेपाली मुलका हामी पहिलो पुस्ताका अबिभावकका लागी आफ्नै मात्रु पर्ब -दशै तिहार र दोश्रो पुस्ता हाम्रा सन्तानका लागी दशै तिहारका साथै थप अमेरिकि पर्बहरुको चाजोपाजो मिलाउनु हम्मे हम्मे नै पर्छ ।

नेपालीहरुको महान चाड दशैको अन्तिम दिन आज ‘विजया दशमी’ मनाईदैछ ! देश विदेशमा रहेकाहरु आफन्त सम्झेर गाउँघर फर्केका छन भने कसैले आफ्ना अबिभावक लाई नै प्रवासमा झिकाएका छन ।

परम्परागत महत्व बोकेका पर्वहरुसंग जोडिएका गीतसंगीतमा रमाउदै, नाच्दै, आफन्तहरु बिच भेट्घाट गर्दै, मिठो खादै नेपाली साँस्कृतिक महत्वलाई उजागर गर्न प्रबासी नेपालीहरु सबै एकजुट हुन्छन । पर्बका बेला बर्ष दिनको थकान मेटाउन कोही घरमै जमघट गर्छन्, तास खेल्छन त कोही आफन्त भेटन टाढा सम्म पुग्छन । अझ खसी को चटारो त छदै छ! दशैंमा खसीको मासु लिन जाने नेपाली भाषीहरुको रमिता नै लाग्छ छेउ छाउका फार्म हाउसहरुमा! दशैकोको बिषेश परिकार – खसीको सेकुवा, पक्कु र भुटुवा प्राय प्रतेक घर हरुमा पाक्छन र छर छिमेकी नेपाली भाषी बिच आलोपालो गरी मासुका परिकार खादै रमाईलो गरिन्छ ।

प्रबासी नेपालीहरु लाई बिदेसमा सबै भन्दा धेरै खटकिने चिज पनि नेपाली सस्कार र सस्कृतीको अभाव नै हो । उल्लास, उत्साह, र उमङको पर्व दशै र तिहारका हरेक दिन यादै यादमा बिताउनु प्रबासी नेपालीहरुको नियती बनेको छ । आशिष दिने र लिनेको बिचमा आत्मियताको आदान प्रदान लगायत आफु भन्दा ठुलोलाई आदर र सानोलाई माया बाँड्ने अबशर पनि दशैमा प्राप्त हुन्छ । त्यसमध्ये तिहारमा खेलिने देउसी भैलोले सम्पुर्ण नेपाली भाषीहरुमा विशेष महत्व राख्दछ । आफ्नो समय मिलाएर सकेको मनोरन्जन गर्न पछी पर्दैनन प्रबासी नेपालीहरु । यही अभावलाई पुर्ती गर्न सबै नेपालीहरु एक अर्काको घरमा जमघट हुन्छन्, दुख सुखका कुरा सटासाट गर्दछन ।

असत्यमाथि सत्यको विजयको खुसियालीका रुपमा मनाइने विजयादशमीमा आफ्ना मान्यजनबाट टीका तथा आर्शिवाद लिने गरिन्छ। दसैँका अवसरमा नविन वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रङ्गरोगन गर्ने प्रचलन पनि छ। दसैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ।

पूजाकोठा तथा दसैँ घरमा विधिपूर्वक राखिएको जमरा देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्णघडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ। बडादसैँको दसौँ दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथा दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा विजयादशमी मनाइन्छ। घटस्थापनादेखि नौ दिनसम्म दसैँघरमा दुर्गाभवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाउने प्रचलन छ।

बडा दशैका दिन जमरा लगाउनु पर्ने प्रचलन भएकाले प्रबासी नेपालीहरुका घर घरमा सकेसम्म आफै जमरा राख्ने, नसक्नेले मन्दिरबाट ल्याउने चलन छ ।

दशैको समापन पस्चात केहि दिन मै तिहारको रमझम सुरु हुन्छ। पाँच दिनसम्म मनाइने चाड तिहार एउटा ठूलो पर्व हो। तिहारलाई दीपावली तथा यमपञ्चकका नामले समेत चिनिन्छ। बत्तीको झिलिमिली हुने भएकाले दीपावली एवं पाँच दिनसम्म यमराज तथा उनका दूतहरूको आराधना गरिने हुँदा यसलाई यमपञ्चक भनिएको हो! तिहारका पाँचै दिन उतिकै महत्वपूण हुने भए पनि लक्ष्मीपूजाको दिनदेखि यो पर्व विशेष रुपमा मनाउने प्रचलन चल्दै छ। नेपाली संस्कृतिक दिृस्टिकोणमा तिहारको आफ्नै विशिष्ट महत्व छ ।

तिहारको अन्तिम दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने र दिदीबहिनीलाई दान

प्रतिक्रिया