यहिबाटै शुरु हुन्छ तपाइको ब्यबसाय अमेरिकामा————- अमेरिकामा ब्यसाय शुरु गर्ने ११ भर्याङ्ग(खुड्किला)हरु

इनेप्लिज २०७३ असोज १५ गते ११:०९ मा प्रकाशित

sanubabu silwal

हिजोआज अमेरिकाको नेपालि समाजमा  ब्यबसाय मार्फत आर्थिक समुन्नतिका लागि केहि गरौ भन्ने चिन्ता र चासो अधिकाशमा पाए मैले। यो राम्रो कुरा पनि हो। जस जसले सोच्नु भएको छ अमेरिकामा आर्थिक उन्नतिका लागि छरिएर रहेका प्रचन्ड अबसर र उर्बर बाताबरणलाइ सदुपयोग गरि ब्यबसायबाट आर्थिक प्रगति तर्फ उन्मुख हुने उत्तम माध्यम वा मार्ग भने भयो। तर कसरि, कहा, कुन अबस्थामा कस्तो ब्यबसाय गर्न सकिन्छ र प्रतिफल प्राप्ति हुन सक्ला यस बारेमा ब्यबसायमा उत्सुक समुदाय अनबिज्ञ रहेको मैले पाए। यस्तै यस्तै दर्जनौ जिज्ञासाहरु म माथि दैनिकि नै ओइरिने गरेको छ। यसैलाइ आधार र मध्यनजर राखि मैले छोटकरिमा ११ बुदे सल्लाह सुझाब र टिप्स जसले ब्यबसाय गर्नका लागि जानकारिको पर्खाइमा बसिरहेका समुदाय, ब्याक्ति र परिवारलाइ मद्दत पुग्नेछ।

के के हुन त ११ बुदे टिप्स र कदमहरु  जसले अमेरिकामा ब्यबसाय कसरि शुरु गर्नका लागि महत्वपुर्ण आइडिया दिनेछ।

१) बिजिनेश(ब्यबसाय) कार्ययोजनाको खाका कोर्नुहोस कापिमाः

के ब्यबसाय गर्ने हो, कसरि गर्ने, के के आबस्यकता हुनसक्छ र तपाइसङ्ग उपलब्ध स्रोत, साधन र जनशक्ति एउटा शान्त टेबल र कुर्सिमा बसेर खाका कोर्नुहोस। जसले तपाइलाइ कन्फिडेन्ट मात्रै बनाउदैन कि तपाइलाइ एउटा बाटो तय गरिदिन्छ। यससम्बन्धि जानकारि, गाइड र तपाइको रुटिङ्ग जस्तै हुनेछ यो तपाइले कोर्ने रेखा।

२) सम्बन्धित ब्यबसाय सम्बन्धि तालिम लिनुहोस वा जानकारि दिने मानिस खोज्नुहोसः

कुनै पनि ब्यबसायको जानकारि बिना हात नहाल्नुहोस। यससम्बन्धि छोटो तालिम लिने हो कि अर्थात यस सम्बन्धि जानकारि राख्ने कन्सल्ट्यान्ट वा ब्याक्ति वा समुहको सल्लाह, जानकारि वा सुझाब माग्नुहोस जसले तपाइलाइ तपाइले गर्न खोजिएको ब्यबसाय सम्बन्धि हल्का जानकारि मात्रै होइन कि एउटा मार्ग जसले समस्या पर्नबाट जोगाउनेछ।  कसरि कस्तो अबस्थामा, कहा, कति रकम लाग्ने र स्थान छनौटमा ठुलो सहायता पुग्नेछ।

३) ब्यबसायको स्थान छनौट गर्नुहोस अबः स्थान छनौट सफल ब्यबसायको एउटा ठुलो आधार हो। राम्रो ठाउ, पायक, सस्तो, फ्राइण्डलि, कम कर तथा कम कानुनि ह्यासल हुने स्थान छनौट मात्रै होइनकि न्युन अपराध र बढि खर्चालु अमेरिकन बस्ने स्थान छनौटले तपाइको भबिस्यको ब्यबसायको सफलताको आधार स्तम्भ पनि हो। ब्यबसायको छनौट पछि घरधनि वा स्थानको लिजको प्रक्रिया, लिजको प्राबधान, रेन्ट वा प्रपर्टि खरिद गरिएको हो भने पनि ब्यबसाय र पर्पर्टिको कम्पनि फरक फरक राखि लिज सम्झौता तयार गर्न तिर लाग्नुहोस। लिज बनाउदा कानुनि कागजमा हस्ताक्षर गर्नु पुर्ब, ब्यबसाय खरिद गर्दा पुर्ब मालिकसङ्गको कारोबार तथा पुर्ण लिज गर्नुपुर्ब वकिलको सल्लाह वा वकिल लगाउन नभुल्नु होला

४) आर्थिक जोहो गर्नुहोस अब चाहिः ब्यबसायको स्थान छनौट गरिसके पछि अब त्यस ब्यबसायका लागि लाग्ने आर्थिक जोहो गर्न लाग्नुहोस। तपाइसङ्ग कति छ, लगानिका लागि कति नपुग छ र नपुग स्रोतका लागि भऐसाथि आफन्त, क्रेडिट कार्ड वा बित्तिय सस्थाबाट लोन खोज्ने तिर लाग्नुहोस।

५) कम्पनिको कानुनि नाम र डिबिए छान्नुहोस अबः ब्यबसाय गर्नु पुर्ब तपाइले आफ्नो नाम वा परिवारको सहित वा आफ्नत वा पार्टनरको जो जो सम्लग्न हुने निर्क्योल गरि कम्पनिको कानुनि नाम छान्नुहोस र डिबिए(डोइङ्ग बिजिनेश एज) क्याचि मन पर्ने वा सुहाउदो नाम छनौट गर्न तिर लाग्नुहोस।

६)कम्पनि खोल्नतिर लाग्नुहोस अबः स्थान पनि छनौट भयो, ठाउ र ब्यबसाय पनि हेर्नुभयो र मोलमोलाइ वा किन्ने हिसाबकिताब र मुल्य तोकिसकियो वा ब्यबसायका लागि पैसा सबै जोहो गर्नु भयो भने पछि अब कम्पनि दर्ता तिर लाग्नुहोस। ठऔ अनुसार एल एल सि, इङ्क, पार्टनरशिप, कर्पोरेशन के खोल्दा कर तथा आफ्नो स्वामित्व र लायाबिलिटिज के कस्तो कम्पनि खोल्दा घटिबढि हुन्छ त्यो काम गरिरहेका लेखापाल एकाउन्टेन्टहरुसङ्ग बुझेर उनिहरुलाइ नै कम्पनि खोल्न लगानुहोला वा आफैले राज्यको सचिवालय कार्यालयको अनलाइनमा गरेर प्रक्रिया अघि बढाउन सक्नु हुनेछ।

७) सघिय तथा राज्य कर नम्बर लिनुहोसः राज्य सरकारको सचिवालयमा कम्पनि दर्ता भएर आयेकै दिन तपाइले सघिय फेडेरल सरकारबाट फेडेरल कर आइ डी लिनुपर्नेहुन्छ। यो एकै दिनको काम हो र जब फेडेरल कर नम्बर प्राप्त भएपछि तुरुन्तै जुन राज्यमा ब्यबसाय गर्ने हो त्यो राज्यको आइ आर एस कार्यालयबाट राज्य कर नम्बर लिनु पर्नेछ। यो पनि बढिमा २ दिनभित्र हुनेछ।

८) अन्य लाइसेन्स, पर्मिट आबेदन दिनुहोसः ब्यबसायको प्रक्रिति अनुसार आबस्यक पर्ने अन्य लाइसेन्सहरुको निबेदन दिने र लाइसेन्स प्राप्तितिर लाग्नुहोस। यसको साथ साथै तपाइले ब्यबसाय टेकओभर गरि शुरु गर्न तिर लागे भयो। ब्यबसाय खरिदका प्रक्रिया, लिज सम्झौता र कार्यान्वन तिर लाग्नुहोस।

९) साहु(एम्प्लोवायर)को जिम्मेवारि र कानुनि हैसियत राम्ररि बुझुहोलाः आफै साहु बनेपछि कम्पनि मालिक साहुका आफ्नै कानुनि सिमितता, अधिकार, कर्मचारि छनौट र उनिहरुको अधिकार र सुबिधा र कम्प्ल्यान्सहरु र कानुनि अबस्थाहरु बुझ्नुहोला नत्र भोलि ब्यबसाय चलाउदै जादा कानुनि ब्यबधानले तपाइलाइ अप्ठेरो बनाइदिन सक्दछ। समयमा नै होशियारि हुन जरुरि छ।

१०) स्थानिय सहयोग लिनुहोसः ब्यबसाय गर्दा स्थानिय सहयोग, स्थानिय ग्राहक र स्थानिय मानिस, ग्रुपहरुको सहयोग, सद्भाब र अभिरुचि बिना तपऐ ब्यबसायमा सफल बन्न सक्नुहुन्न।

११) ब्यबस्थापनः कुनै पनि ब्यबसायको सफलताका लागि आर्थिक ब्यबस्थापन, कानुनि प्रक्रिया, कर तथा लेखा प्रणालि, कर्मचारि नियुक्ति तथा सन्चालन, स्थानिय भुमिका र दैनिक समय ब्यबस्थापन गर्न सक्नु भएन भने तपाइको ब्यबसायले तपाइलाइ दुध दिदैन त्यसैले तपाइ आफैले गर्ने हो ब्यबस्थित ब्यबस्थापन। अरु बाकि त सहयोगि मात्र हुन। लमिले बिबाहका लागि बेहुलि खोजिदिने बिबाह गरिसके पछि बेहुलि सम्हाल्न नसक्ने अनि लमिलाइ दोष दिने प्रब्रिति बोकेर ब्यबसाय नगर्नु बेस हुन्छ। बिबाह पछिको भुमिका तपाइकै आफ्नो हो लमिको नभए जस्तै ब्यबसायमा पनि ब्यबस्तित ढङ्गले तपाइ आफैले चलाउने हो बाटो समाते पछि।

(लेखक यु एस चेम्बर अफ कमर्श अमेरिकाका कार्यबाहक सभापति, यु एस चेम्बर अफ कमर्शका सल्लाहकार सदस्य, लेखक एबम बरिष्ठ बाताबरण पत्रकार पनि हुनुहुन्छ।)

प्रतिक्रिया