प्रचण्डको भ्रमणको मैले विरोध सुरू गरेकी थिएँ । ‘यस्तो खतरनाक मान्छे म बसेको देशमा प्रवेश नगरोस्’ भनेर मैले फेसबुकमा आफ्ना भनाइ पोस्ट गरेँ । अस्ट्रेलियन नागरिकको हैसियतले यस्तो कुरामा आपत्ति जनाउनु मेरो मौलिक हक र एक किसिमले कर्तव्य पनि थियो । त्यतिले नपुगेर एमनेष्टी इन्टरनेशनललाई पनि मैले उनको परिचय दिँदै ‘उनले गरेका सबै कुरा यहाँका मानवअधिकारवादीलाई थाहा छ ?’ भनेर प्रश्न गरेकी थिएँ । लगत्तै एमनेष्टी इन्टरनेशनलले मलाई फोन गरेको थियो । उनीहरूले नै लगत्तै एमनेष्टीको नेपाल र बेलायतस्थित अफिसमा पनि चाँसो राखेछन् ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=q1z28hz0pfA
प्रतिक्रिया