स्विजरल्याण्ड – नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति स्पेनको यही सेप्टेम्बर १८ तारिखमा हुने पाँचौं अधिबेशनमा हिरालाल सापकोटा ( डाईमण्ड ) ले महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
सापकोटा को राजनीतिक पृष्ठभूमि:
बाग्लुङ्ग जिल्लाको मल्म १ गल्कोटमा जन्मिएका हिरालाल सापकोटा ( डाईमण्ड ) नेपाली काग्रेसको भातृ संगठन नेवि संघ हुदै पार्टीमा आवद्ध भएका थिए ।
जनजागृति उच्च माबिमा बिद्यार्थी जिबन बिताएका सापकोटा २०६२÷६३ को लोकतान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक आफै नेतृत्व गरेका हुन् । रत्न राज्य लक्ष्मी क्याम्पस काठमान्डौको रात्रि इकाई अध्यक्ष देखि विभिन्न सामाजिक संस्थाहरुमा सहभागी हुनुका साथै शिक्षण पेशा समेत अंगालेका सापकोटा नेपाल शिक्षक संघमा पनि आबद्द थिए ।
नेपाली जनसम्पर्क समिति स्पेनको केन्द्रीय सदस्य देखि प्रबक्ता समेत रहेका उनी स्कुलले जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा आवद्ध हुदै आएका छन् । स्नातक सम्मको अध्ययन पुरा गरेका उनी विगत ४ वर्षदेखि स्पेनमा बस्दै आएका सापकोटा गल्कोट समाज स्पेनका महासचिब पनि हुन् । २८ बर्षीय हिरालाल सापकोटा ( डाईमण्ड ) हाल जनसम्पर्क समिति स्पेनको महामन्त्रीको दावेदार रहेका छन् ।
प्रतिक्रिया