अमेरिकामा नेपाली विज्ञहरुको सम्मेलन सिकागोमा

इनेप्लिज २०७३ साउन ५ गते २३:३१ मा प्रकाशित

जुलाई ६ २०१६, सिकागो । नेपालबाट अमेरिकामा आइ विभिन्न क्षेत्रमा बिशेसज्ञता हासिल गरि कार्यरत बैज्ञानिक तथा बिशेसज्ञहरुको सम्मेलन आगामी जुलाई ३० तारिखमा इलिनोइको सिकागो शहरमा हुने भएको छ । अमेरिका स्थित  नेपाली बैज्ञानिकहरुको संगठन यु एस  नेपाल पोलिसी रिसर्च सेन्टरको आयोजनामा सम्पन्न हुन गै रहेको सो सम्मेलनको उद्देश्य मातृभूमि नेपालको समग्र बिकासमा के र कसरि योगदान दिन सकिञ्छ भन्ने नै रहेको कुरा कार्यक्रमका संयोजक तथा युवा बैज्ञानिक डा. यादव पण्डितले बताउनु भयो । त्यसका साथै हाल सम्म १० जना बिशेसज्ञले आफ्ना बिशेज्ञताका बारेमा कार्यपत्र प्रस्तुत गर्ने निश्चित भै सकेको जानकारी समेत दिनु भयो । संस्था आफै स्थापनाको अबस्थामा रहेको हुनाले आगामी दिनमा संस्थालाई कसरि प्रभावकारी रुपमा अगाडी बढाउन सकिञ्छ भन्ने बिषयमा समेत छलफल गरिने कुरा डा. पण्डितले बताउनु भयो ।

सिकागो सम्मेलनको तैयारिकालागी डा. यादव पण्डितको संयोजकत्वमा तैयारी समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा डा. राजेन्द्र पंगेनी, भोजराज घिमिरे, लाल प्रसाद काफ्ले, प्रशान्त बन्जाडे, सुरेन्द्र चौधरी तथा सुमन वस्ती रहेका छन् । सम्मेलनको बिस्तृत बिबरण http://usnprc.org/ मा उपलब्ध भएको कुरा संयोजक पण्डितले जानकारी दिनु भयो ।

प्रतिक्रिया