अमेरिकामा नायिका नन्दिता केसी व्यस्त

इनेप्लिज २०७३ असार १७ गते २:३९ मा प्रकाशित

IMG_1509

नेपाली चलचित्रकि नायिका नन्दिता केसी हाल अमेरिका बिशेष कार्यक्रममा सहभागी हुन् अमेरिका आई पुगेकी छिन l अमेरिका केहि दिन अगाडी आई पुगेकी अभिनेत्री केसी अमेरिकाका बिभिन्न शहरमा बिदेशी तथा नेपाली समुदायका संघ तथा संगठनका बिभिन्न कार्यक्रममा सहभागी हुने भएकी छिन् l

नायिका केसीको ,यस पटक समेत लगाएर अमेरिकाको दोश्रो भ्रमण हो l यस पटक उनि पहिलो पटक जस्तै केवल आफ्नो प्रस्तुति मात्र गर्ने उदेस्यले अमेरिका टेकेकी हैनन् l अमेरिकाको उनको पहिलो भ्रमणमा बिदेशी तथा नेपाली समुदायले उन्को प्रस्तुतिलाई निकै मन पराएका थिए l बिदेशी तथा नेपाली समुदायले गरेको हौशला ,माया तथा उत्प्रेरणा बाट निकै उत्साहित भएकी नायिका केसी यस पटक फरक जिम्मेबारी लिएर अमेरिका आएकी बताइन l

IMG_1508कलाकार केसी बिभिन्न कार्यक्रममा निर्णायक ,मुख्य अतिथि ,अतिथि कलाकार हुन् मौका मिलेकोमा खुशी ब्यक्त गरेकी छिन् l अमेरिकी स्वतन्त्रता दिवस जुलाई ४ को सप्ताहान्तमा हुन् गइ रहेको एटलान्टा एएनए सम्मेलनमा हुने प्रतिभा प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएकी छिन l

जुलाई १ देखि ४ सम्म संचालन हुने एएनए सम्मेलनमा सांस्कृतिक कार्यक्रम ,भेषभुषा प्रदर्शनी तथा समग्र कार्यक्रममा अतिथिको रुपमा सहभागी समेत हुने भएको बताईन l

नायिक नन्दितालाई जुलाई महिना भर भ्याई नभ्याई भएको छ l आगामी क्यालिफोर्नियाको सन् फ्रान्सिस्कोमा हुन् गइ रहेको वर्ल्ड फिल्म फेस्टिबलमा बिशेष अतिथि हुने अवसर पाएकोमा उत्साहित भएकी छिन् l वर्ल्ड फिल्म फेस्टिबल आगामी जुलाई २२ देखि ३० सम्म चल्ने छ l

IMG_1511

यसै गरि आगामी आगमी जुलाई ३० मा डिसी क्षेत्रमा हुने समर म्युजिकल साँझ नामक कार्यक्रममा समेतअतिथि कलाकारको रुपमा उनको सहभागिता हुने छ l कलाकार भएको नाताले चलचित्र सम्बन्धि कुराकानी गर्ने क्रम नायिका नन्दिताले भनिन अमेरिका लगायत विदेशमा पनि नेपाली चलचित्रलाई मन पराउन थाल्नु भएकोमा खुसी लागेको बताइन l र अमेरिकामा पनि नेपाली चलचित्रको राम्रो अवस्था आफुले देखेको बताईन l

कति को ब्यस्त हुनु हुन्छ भन्ने क्रममा उनले भनिन बिभिन्न शहरहरुमा नेपाली समुदायका कार्यक्रममा बिशेष अतिथि तथा अतिथि कलाकारको बारेमा कुराकानी चलि रहेको बताइन l

IMG_1510कति को ब्यस्त हुनु हुन्छ भन्ने क्रममा उनले भनिन बिभिन्न शहरहरुमा नेपाली समुदायका कार्यक्रममा बिशेष अतिथि तथा अतिथि कलाकारको बारेमा कुराकानी चलि रहेको बताइन l

उनलाई भूकम्पमा कस्तो भूमिका रहेको थियो भन्ने सवालमा अमेरिका आउनु अगाडी काभ्रे जिल्लाको एक बिद्यालयलाई पुनर्निर्माण गरि हस्तान्तरण गरेको बताईन l भूकम्पमा ठुला ठुला भवन बनाउन नसकेता पनि केहि गर्न सकेकोमा हर्ष व्यक्त गरिन l उक्त पाठशालाका बिद्यार्थीले कलाकारलाई पर्दामा मात्र देख्ने गरेको तर कलाकारलाई प्रतक्ष्य देख्न पाउदा कलाकारहरु भगवान रहेछन भनि मुक्त कण्ठले प्रशंसा गर्दा निकै गर्व लागेको बताईन l

IMG_1507

IMG_1505

IMG_1512

तस्बिर सौजन्य :नन्दिता केसी /महेश प्रधान 

प्रतिक्रिया