NASO “New Year – 2073 Event” in Baltimore, USA. दोहोरी गायिका संगिता थापामगरले बाल्टिमोरबासीलाई नचाईन्

इनेप्लिज २०७३ जेठ १९ गते १०:२८ मा प्रकाशित

यही मे २८ को साँझ बाल्टिमोरका नेपालीहरुलाई नचाएको खबर छ l दोहोरी गायिका संगिता थापामगरको साथमा अर्का चर्चित दोहोरी कलाकारहरु पुरेन्द्र बिश्वोकर्मा, रमेश परियार र मंजु पुन पनी जमेका थिए l साथै, नेपाल देखी आएका अर्का चर्चित दोहोरी कलाकार अमृत बिश्वोकर्माको सालैजो भाकाले पनी दर्शकहरुलाई नचाऊनु नचायो l

नेपाली अमेरिकन सोशाईटी फर अप्प्रेस्ड कम्युनिटी ( NASO ) को आयोजनामा अमेरिकाको बाल्टिमोर शहरमा आयोजना गरिएको नेपाली “नयाँ बर्ष २०७३ धमाका” नाम दिईएको यस बिबिध सांस्कृतिक कार्यक्रममा लोक, दोहोरीको साथै नेपालका बरिस्ठ कलाकार प्रकाश श्रेष्ठ, पविता परियार र दिनेश भण्डारीको पनी आकर्षक प्रस्तुती थियो l
नेपालको पस्चिमाञ्चल क्षेत्रको चर्चित “कौडा नाच” कार्यक्रमको अर्को आकर्षण थियो l मगर जातिको महिला भेष, भुषामा सजिएका स्याङ्जा जिल्लाका मगर युबतीहरु : करिश्मा आले, प्रबिना आले, सुष्मिता आले र सच्चिता थापामगर को सामुहिक सालैजो नृत्य” र “कौडा नृत्य” बडो आकर्षक थियो l त्यस्तै, पुर्बाञ्चल क्षेत्रको
राई लिम्बुको नृत्य पनी हेर्दा कम थिएन l

कार्यक्रमको शुरुमा आयोजित स्वागत समारोहमा अमेरिका भ्रमणमा रहेका पर्बत जिल्लाका साँसद कमला चापागाँई प्रमुख अतिथी, म्यानमारका लागी प्रस्तावित नेपाली राजदुत रिषीराम घिमिरे बिशेष अतिथी र “बाना” का अध्यक्ष कुलमणी आचार्य अतिथी रहनुभएको स्वागत समारोह NASO का अध्यक्ष गोपाल बिश्वोकर्माको अध्यक्षतामा भएको थियो l NASO का सचिब बिष्णु बिश्वोकर्माले स्वागत समारोह संचालन गरेका थिए l

प्रतिक्रिया