चर्चित गायक जोहेब मानन्धरको नयां भिडियो सार्बजनिक

इनेप्लिज २०७३ वैशाख १३ गते २३:१७ मा प्रकाशित

tasbir 2

चर्चित गायक जोहेब मानन्धरको नयां भिडियो सार्बजनिक भएको छ । थुप्रै श्रोतहरुले मन पराइसकेको यो गीती यल्बम” लालुपाते ” अहिले प्रख्यात बन्दै सबको मुख मुखमा झुन्दिएको छ । गीतहरुमाआफ्नै शब्द संगीत भर्ने प्रतिभा भएका गायक जोहेब मानन्धरको यस लालुपाते गीतमा पनि आफ्नै शब्द र संगीत रहेको छ ।

अहिले सम्म प्राय लालुपाते शब्द राखेर बनेको गीत चर्चित बन्दै गएको पाउंछौँ । र अहिले आएर मानन्धरले गायका लालुपातेले पनि त्यसमा आयाम थप्ने देखिएको छ । २० बर्ष देखि यता नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बोकेर अघि बढीराखेका गायक आज भोलि थुप्रै अरु नयां पुराना कलाकारहरु संग संगीत दिनेमा व्यस्त देखिन्छ ।

tasbir 1

प्राय शब्दमा मौलिकता अपनाउने गायक मानन्धरले आफ्नो पहिले चर्चित गीत “म यस्तो गीत गाउछुं तिम्रो चाहनामा” को शब्द र संगीत स्वयमको रहेको थियो । “लालुपाते” गीतको निर्देशक अहिलेका चिरपरिचित चर्चित भिडियो क्यामरा म्यान संजीत श्रेष्ठ ( स्टेप प्रोडक्सन ) ले गरेको छ । उक्त गीतमा मोडेल क्रिस्ती पौडेलले साथ् दिएकि छिन् । सम्पादक बृजेश श्रेष्ठले गरेका छन् भने गीतको सुन्दर व्यवस्थापन जनक सुनुवारको रहेको छ । गीत क्यत्ची फंकी रक मा बनेको छ । सुमधुर ताल र बेजोड आवाजको सहि समिश्रणले गीत कर्णप्रिय बनेको छ । यो गीती यल्बम अनन्त यात्रामा समावेश छ ।

गायक मानन्धर देश विदेशमा पप सांगीतिक क्षेत्रमा प्रख्यात बनेका छन् । विदेशमा रहेका नेपालीहरुको माँझमा आफ्नो प्रतिभा देखाउने क्रममा स्विटजरल्याण्डमा पनि धेरै पटक लाइभ कन्सर्ट गरिसकेका छन् ।

प्रतिक्रिया