नवलपरासी, २६ चैत । रोजगारीको सिलसिलामा मलेसिया गएका नवलपरासी गठीप्रसौनी–२ का अभिषेक यादवको मृत्यु भएको छ । बिहीबार अभिषेकको मृत्युबारे घरपरिवारलाई जानकारी आएको स्थानीय रवीन्द्र यादवले जानकारी दिनुभयो । दुई दिनदेखि ज्वरो आएपछि उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ । नवलपरासीबाट वैदेशिक रोजगारीमा गएकामध्ये करिब छ महिनाको अवधिमा छजनाको मृत्यु भइसकेको छ । रासस
प्रतिक्रिया