विश्वको एक बिकसित र धनि देश ब्रिटिश राजपरिवारमा हुर्केको राजकुमार हयारीले नेपाल र नेपालीबाट पाएको सच्च माया र सम्मानको हृदयदेखि कदर गर्न जाने र नेपालको शहर देखि गाउँ सम्म पुगेर गाउँलेहरुले बिताई रहेको जीवनको प्रत्यक्ष अनुभव समेत गरेर फलेको वृक्ष निहुरिन्छ भन्ने ज्वालांत उदाहरण दिए। जसले विश्वजगतमा बेलायति राजपरिवारप्रतिको आस्थालाई राजकुमार हयारीको यस महानताले घट्नुको सट्ट अझ उच्च बनाएको छ।
राजकुमार हयारीलाई हेर्दा हाम्रो नेपालको राजकुमारहरुको सम्झना आयो र गुगोल गरेर हेरे। बिगतलाई सम्झदै अगाडिको फोटो हेरे न त मुहारमा मुस्कान न त केहि उमङ्ग नै, फेरी बेलायति राजकुमारलाई हेरे मुहारमा मुस्कान शरीरमा उमङ्ग देखे र चित्त बुझाउनु नै पर्यो। संस्कारले दिएको घमण्ड र गर्वमा कसको के दोष यदि हाम्रा राजपरिवारलाई पनि त्यस्तो सस्कार र शिक्षा पाउदो हो त मानव भन्दा ठुलो हुने ईच्छा कहिल्यै राख्ने थिएनन होला, राजदरबार भित्रको कालो पर्दामा बस्नु पर्ने थिएन होला।
प्रतिक्रिया