अमेरिकन महिलालाई ९३ बर्षको उमेरमा उच्च माध्यमिक बिद्यालयको प्रमाण पत्र

इनेप्लिज २०७२ फागुन २९ गते २:१० मा प्रकाशित

93

अमेरिकाको ओहायो राज्यको अक्रोनमा ९३ बर्षको उमेरकी बृद्ध महिलाले आफुले पढेको उच्च माध्यमिक बिद्यालयको प्रमाण पत्र प्राप्त गरेकी छिन् l सन् १९४२ तत्कालिन समयमा उनि बिबाहित भएको थाहा पाए पछि उच्च माध्यमिक बिद्यालयको प्रमाण पत्र दिन बन्चित गरिएको थियो l ७४ बर्ष पछि उनलाई प्रमाण पत्र दिइएको छ l

डोरोथी लिग्गेट अक्रोन नर्थ हाई स्कुल बाट केहि हप्ता भित्रमा आधिकारिक रुपमा हाई स्कुल डिप्लोमा गर्ने समयमा उनि बिबाहित भएको कारण निस्काशनमा परेकी थिईन l अक्रोन पब्लिक बिधालयका प्रधानध्यापक डेविड जेम्सले गत बुधबार मार्च ९ तारिख एक चकित समारोहमा उनलाई प्रमाण पत्र प्रदान गरिएको थियो l आक्रोन बेकोन जर्नलमा छापेको छ l

उनकी छोरीले प्रधानाचार्यलाई आमाको बारेमा पत्र लेखेकी थिईन l प्रधानाचार्य जेम्सले अनुसन्धान कसरि गरिएको बारेमा पढेर सुनाएका थिए l उनले प्रमाण पत्र प्रदान गर्दै यस्तो दुर्ब्यबहार गरिएकोमा अत्यन्तै दुख लागेको भन्दै ९३ बर्षिय डोरोथी लिग्गेट १३ बर्ष सम्म बिद्यालयमा पढ्दा पनि हाई स्कुल डिप्लोमा प्राप्त नगर्नु पूर्ण गलत बताएका थिए l

एक दिन बिद्यालयमा ९३ बर्षिय लिग्गेटले आफ्नो ब्यायाम लुगा छोडेकी थिइन् र उनका शिक्षकले अध्ययन सभा कक्षमा पढन जाउँ भन्दा म बिबाहित छु र म घर जान्छु भन्दा उनलाई निस्काशित गरिएको आक्रोन बेकोन जर्नलमा उल्लेख गरेको छ l

तस्बिर : एपी 

प्रतिक्रिया