सुरुङ्गा(झापा), २ फागुन । काममा खटिएका सशस्त्र प्रहरीका एक जवानको गएराति मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार झापाको ज्यामिरगढी– ८ स्थित ६ नम्बर पोस्टमा काममा खटिएका सशस्त्र प्रहरीका अर्जुन योञ्जनको गएराति १२ बजे मृत्यु भएको हो ।
सशस्त्र प्रहरी चौकी सतिघट्टामा कार्यरत उनी काममा खटिएकै बेला गएराति अचानक ढलेर बेहोस भएको र उपचारका लागि विर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञावालीले जानकारी दिनुभयो ।
प्रतिक्रिया