गोरुले हान्दा महिलाको मृत्यु

इनेप्लिज २०७२ पुष १ गते १२:४१ मा प्रकाशित

oxखोटाङ, १ पुस । जोत्न लगिएको गोरुले हान्दा खोटाङमा एक महिलाको मृत्यु भएको छ । श्रीमान्ले जोत्न लगेको गोरु छेक्ने क्रममा हान्दा दिक्तेल नगरपालिका–१ की ५० वर्षीया चन्द्रकुमारी खत्रीको मृत्यु भएको हो ।

मङ्गलबार दिउँसो गोरुले हानेर गम्भीर घाइते बनेकी महिलाको उपचारका क्रममा बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ । खेत जोत्न बेसी लगिएको गोरु नार्न खोज्दा नमानेपछि छेक्ने क्रममा महिलालाई हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

गोरुले हानेलगत्तै बेहोस भएकी महिलाको शरीरमा चोट नदेखिए पनि भित्री असर परेको जिल्ला अस्पताल खोटाङले जनाएको छ । महिलाको शवपरीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया