डिसी महानगर क्षेत्रको भर्जिनीयाको हर्नडनमा सत्य स्वरूप साङ्गीतिक साँझ भव्यताका साथ सम्पन्न भयो । डिसी महानगर क्षेत्र मा रहेका नेपाली समुदायको पहल तथा आयोजनामा सम्पन्न कार्यक्रममा सत्य स्वरूपसँगै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो l उक्त सांगीतिक साँझ हेर्न बिभिन्न डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त सांगीतिक साँझ कार्यक्रममा स्थानीय कलाकारहरु ,अनुपमा प्रसाई ,नविन केसी ,लुना श्रेष्ठ ,खेम संग्रौला ,श्याम सुन्दर तथा सौजन संग्रौलाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए l
प्रतिक्रिया