चौतारा, ९ मङ्सिर । सिन्धुपाल्चोकको सबैभन्दा ठूलो मानिँदै आएको गौराती भीमेश्वरको मेला आजदेखि सुरु भएको छ ।
चौतारा नगरपालिका–२ स्थित गौराती डाँडामा अवस्थित गौराती भीमेश्वरको मन्दिरमा बेलुकादेखि रातभर भव्य मेला लाग्ने भए पनि बिहानैदेखि दर्शनार्थीको भिड लाग्न थालेको छ । तीन महिनादेखि तराईमा आन्दोलन चलिरहे पनि व्यापार गर्न आउने तराईवासी गत वर्षको तुलनामा यस वर्ष उल्लेख्य रहेको स्थानीयवासी मानबहादुर तामाङले जानकारी दिनुभयो ।
पुत्रप्राप्ति र मनले चिताएको पूरा हुने विश्वासमा कतिपयले बेलुकादेखि दियोमा बत्ती बाल्नाका साथै महादीप बालेर रातभर जाग्राम बस्ने गर्छन् । व्रतालु भक्तजनको सङ्ख्या पनि उल्लेख्य रुपमा वृद्धि हुँदै आएको मन्दिरका पुजारी बलबहादुर श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया