१ – भारत अब झनै कडा ढंगले प्रस्तुत हुन सक्छ, भारतमा बस्ने करिब पचास लाख नेपालीहरुलाई पहिला आसामबाट लखेटिए झै घोसित वा अघोसित रुपमा लखेटिन सक्छ त्यसो भएमा के नेपालले त्यसको ब्यबस्थापना गर्न सक्छ ?
२ – दुई देशको खुल्ला सिमाना कसरी ब्यबस्थापना गर्न सक्छ नेपालले ?? नत्र खुल्ला सिमानाले के दुर्दशा निम्त्याउला पूर्व मेची देशी पश्चिम महाकालीका २३ जिल्लामा, सोंचेको छ सरकारले ?
३ – हेर्दै जानुस अब भारतले केही दिन भित्रै नेपालमा जाती, जनजाती, मधेशी पहाडी, भाषाभासी सबैलाई सडकमा उतारिदिने छ थाम्नै नसक्नेगरी र झनै नेपाल अस्तब्यस्त बनाइदिनेछ, बिभिन्न क्षेत्रमा केही प्रायोजित हत्या, आकर्मणहरु हुन सक्छन । हौवा हरु फिंजाइन सक्छ सद्भाब भड्काउन यस्तै हर्कत जारी रहेमा । पद्मरत्न तुलाधर, अशोक राइहरु भारतीय राजदुताबासमा जान थालिसकेको कुरा त अबस्य थाहा नै छ होला नि !
४ – भारतलाई र मोदीलाई “मरी जा” भनेर पाँडे गाली गरेर मात्र होइन अन्तरराष्ट्रिय नियम कानुन, ब्यबस्थाहरु, राष्ट्रसँघीय सन्धी सम्झौताहरुका आधारमा बिज्ञहरुको सुझाब लिएर कुटनितिक ढंगले दुई देशका सरकार स्तरमै बार्ता गर्ने झस्काउने र समस्याको समाधान गर्न अग्रसर हुने बाहेक अरु कुनै बिकल्प छँदैछैन । तर यहाँ त काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भैरहेको छ ।
५ – पञ्चायतमा पसेर पञ्चायत नै खाएका, बहुदल आएपछी रा.प्र.पा मा गएर रा.प्र.पा मै प्वाल पारेर पार्टी डुबाएका, २०५२ साल पछी का मिलिजुली सरकारमा पस्दै निस्किँदै गरी सबैलाई डुबाएका, २०५९ पछी ज्ञानेन्द्र राजाको सरकारमा गएर ज्ञानेन्द्र मात्र होइन २३८ बर्से राजतन्त्रको बिरासत नै डुबाएका, हिन्दूका नाममा भोट मागेका र गाईलाई भोट हाल्ने हरुलाई थाङ्नामा सुताउँदै रातरात आफ्नै निती सिध्दान्त बिपरितको संबिधानमा सहिछाप गर्दै बिपरित धुर्बको राजनीतिक समिकरण बनाएर उप प्रधानमन्त्री हात लगाएका “मुसा” ज्यू को भर परेर, उनको कुरा मानेर होइन, प्रधानमन्त्री के पि ओलीले आफै भारतीय प्रधानमन्त्री सँग जेन्टिल ढंग बाट, कुटनितिक ढंगबाट बार्ता गरी नाकाबन्दीको बिकल्प खोज्नुको कुनै बिकल्प छैन । जती ढिलो गर्यो नेपाललाई घाटा छ, हामी नेपाली लाई घाटा छ ।
६ – अर्को कुरा, हुन त यो कुरा गर्दा कसैले पश्चगामी भन्लान, भनुन केही छैन तर संघीयता नेपालले थाम्नै सक्दैन, धर्म निरप्रेक्ष्यता नेपालले पचाउनै सक्दैन यि दुई कारणले पनि देशमा आगो लागेको छ यसको बिकल्प खोजिनुपर्छ । उदाहरणका लागि छबिलाल र बाबुरामहरुले पहिला उनिहरुको धनयुद्ध र आतंक युद्धका बेला हरेक जात जाती भाषा भासी पूर्व पश्चिम उत्तर दक्षिण सबैलाई हामी आए पछी तिमीले राज्य पाउँछौ भन्दै जसरी आश्वाशन बाँडेका थिए सबलाई भाँडेका थिए त्यसैको मुल्य आज चुकाउन गार्हो भएको छ । एउटाले राज्य पाए अर्कोले किन नपाउने ? प्रश्न स्वाभाबिक छ । तर सबैलाई यती सानो देश भाग बिलो लगाएर सक्नुहुन्छ ?? अब मधेशी मोर्चको माग पुरा गर्ना साथ सबैका मोर्चा जाग्नेछन हेर्दै जानुस ।
७ – भारतले बाबुरामलाई एमाओबादीबाट अलग गराएर नयाँ शक्तिको नाममा खडा गरिसकेको छ । नभुल्नुस बाबुराम भनेको भारत हुन र भारतले साम दाम दन्ड भेद सब गरेर पनि बाबुरामलाई नेपालमा बैकल्पिक शक्तिका रुपमा उभ्याउने छ र अहिले मधेशी मोर्चामा बसेर भारतको दलालीगर्ने राष्ट्रघातीहरु भोली बाबुराम सँग एक भए भने आस्चर्य नमान्नुहोला ।
८ – मान्नुस या नम्मान्नुस काङ्रेस एमाले एमाओबादी रा.प्र.पा नेपाल देखी लिएर नेपालका हरेक पार्टी भित्र भारतीय जासुसी संस्थाको महिनावारी तलब बजाउने भतुवाहरु कम छैनन, अहिले राष्ट्रबादको नारा लगाए जस्तो गर्ने, राष्ट्र झन कमजोर पारेर भारतलाई नै बलियो बनाउने काम नेपालमा भैरहेको छ । मिलिभगत रुपमा नेपाल भारत बिचको सम्बन्ध बिगार्न ति कथित राष्ट्रबादीहरुनै प्रयोग पनि भैरहेका छन । देखाउने दाँत र चपाउने दाँत फरक हुन्छन चेतना भया ।
९ – नेपालका छोँटे मोदीहरुको बिरुद्ध चुं बोल्न नसक्ने तर भारतीय ठुला मोदीको बिरोध गरेजस्तो गर्ने यहाँ पनि बझिनसक्नु छ । नरेन्द्र मोदी भारतीय प्रधानमन्त्री हुन उनले भारतको स्वार्थ हेर्छन नेपालको स्वार्थ नेपाली प्रधानमन्त्रीले हेर्ने हो नेपालीले हेर्ने हो । उनिबाट नेपालको हित खोज्नु उल्टो बुझाई मात्र होइन र ??
१० – हिम्मत छ सक्छौ अन्तरराष्ट्रिय अदालत जाउ, राष्ट्रसंघलाई तान, कानुनी लडाईं लड तर सभ्य तरिकाले । आफु नचुक्ने तरिकाले । मोदीलाई गाली गर्ने पुत्ला जलाउने अनी लैनचौरको दुताबासलाई स्पष्टिकरण दिने छबिलाल प्रब्रित्तीले नेपाल भारत सम्बन्ध बिग्रिने मात्र होइन यसले निकै ठुलो र अप्रिय अवस्था निम्त्याउने निश्चित छ । यती मात्र होइन चाइना सँग सम्झौता भयो अब चाहिने जती सब कुरा चाइनाबाट ल्याइन्छ नयाँ नाका खोलिन्छ भन्ने, लुकी लुकी चाइना भ्रमण गर्ने पहिलाको गुण्डा दल वाइसिएलका पूर्व अध्यक्ष एबम हालका आपुर्ती मन्त्री जस्ताका केटौले कुराले भारतलाई झनै बढी नचिढाउ बरु कुटनितिक हिसाबले बार्ता गर, समस्या सुल्झ्याउ । तर भित्री रुपमा बैकल्पिक ब्यबस्था गर्न तिर सोँच सरकार । होइन भने भारतीय नाकाबन्दी भबिस्यमा पनि चरण चरणमा भोग्नुपर्ने छ हामी नेपाली जनताले ।
******************************
नुन पनि भारतको
सुन पनि भारतको
सियो पनि भारतको
लोडसेडिङमा बाल्ने दियो पनि भारतको
सबैको “मियो” पनि भारतको
भात पनि भारतको
हरेक कुरामा “जात” पनि भारतको
त्यती मात्र कहाँ हो र !
राजनीति पनि भारतको
नेता पनि भारतको
आदेश पनि भारतको
जे पनि “हुन्छ” भारतको
राष्ट्रपती बन्न आशिर्बाद भारतको
प्रधानमन्त्री बन्न आशिर्बाद भारतको
मन्त्री सचिब सबै बन्न भारतको
काङ्रेस मेड इन ईन्डिया
कम्युनिस्ट मेड इन इन्डिया
रा.प्र.पा मेड इन इन्डिया
थाप्रपा मेड इन इन्डिया
महन्त गच्छेदार उपेन्द्र राजेन्द्र
प्रचन्ड बाबुराम र अरु हरु पनि
प्राय सबै मेड इन इन्डिया
नाकाबन्दी मेड इन इन्डिया
खुल्यो भनेर नखुल्ने “भाकाबन्दी” पनि इन्डिया
लडाउने भँडाउने सब इन्डिया
बाबुरामहरुका छोरीहरु
सित्तैमा पढाउने इन्डिया
माओवादी आतंक मेड इन इन्डिया
१२ बुँदे सहमति मेड इन इन्डिया
मिलाए जस्तो गर्ने इन्डिया
भिडाए जस्तो गर्ने इन्डिया
सबै सबै गर्ने गराउने इन्डिया
नेपाली उछालेर मराउने इन्डिया
इन्डिया इन्डिया नै रहेछ
म बल्ल बुझ्दै छु !
वाह इन्डिया !
छ्या इन्डिया !
दे इन्डिया !
ले इन्डिया !
जो करो आपकी मर्जी !
किनकी हामी निरिह छौं
हामी जस्ता निरीह
जनता मात्र मेड इन नेपाल
गर अझ कती सक्छौ नाकाबन्दी गर
लिन बाँकी केही भए “भाकाबन्दी” गर
जिसका लाठी उसका भैंस
तिम्रो लीला हेर्दै, जाने भयो हाम्रो बैँस !
– रामप्रसाद खनाल, हाल भर्जिनिया अमेरिका
प्रतिक्रिया